केही रोगहरूबाट जोगिन खोपहरू लगाएर अद्यावधिक रहनु महत्त्वपूर्ण हुन्छ। यस तथ्यपत्रमा वयस्कहरूको लागि सिफारिस गरिएका खोपहरूको बारेमा मुख्य जानकारी छ।
National Immunisation Program (राष्ट्रिय खोप कार्यक्रम) (NIP) ले मेडिकेयर भएका सबै वयस्कहरूलाई निःशुल्क खोपहरू प्रदान गर्दछ। केही अन्य खोपहरू NSW कार्यक्रमअन्तर्गत उपलब्ध छन्।
निम्न व्यक्तिहरूको लागि क्याच-अप खोपहरू निःशुल्क छन्:
सल्लाहका लागि आफ्नो डाक्टर, नर्स, फार्मासिस्ट वा आदिवासी चिकित्सा सेवासँग (Aboriginal Medical Service) सम्पर्क गर्नुहोस्।
आफ्नो नजिकको खोप सेवा प्रदायक खोज्नुहोस्।
वयस्क राष्ट्रिय खोप तालिका (गर्भावस्थासँग सम्बन्धित खोपहरू बाहेक)
नोट: खोप निःशुल्क भए पनि केही सेवा प्रदायकहरूले परामर्श वा खोप लगाउन प्रशासन शुल्क लिन सक्छन्। आफ्नो अपोइन्टमेन्ट बुक गर्दा सम्बन्धित सेवा प्रदायकसँग शुल्कबारे जानकारी लिनुहोस्।
न्यूमोकोकल रोग एक जीवाणु संक्रमण हो जसले निमोनिया, रक्तप्रवाह संक्रमण र मेनिन्जाइटिस (मस्तिष्कको वरिपरि अस्तरको सूजन) निम्त्याउन सक्छ। वृद्ध वयस्कहरू र चिकित्सा अवस्था भएका मानिसहरू उच्च जोखिममा हुन्छन्। एकल डोज सिफारिस गरिन्छ।
जनैखटिरा (Shingles) एक दर्दनाक दाग हो जुन ठेउला (varicella zoster) भाइरसको पुन: सक्रियताको कारण हुन्छ। खोप बिना, 3 मध्ये 1 जनादार्इ Shingles हुनसक्छ। तपाईंको उमेर बढ्दै जाँदा बढी गम्भीर Shingles हुने जोखिम बढ्छ। उत्तम सुरक्षाको लागि दुई खोप मात्रा आवश्यक छ।
फ्लू वायुमार्गको धेरै संक्रामक संक्रमण हो। यो विशेषगरी वृद्ध मानिसहरूको लागि गम्भीर हुन सक्छ। यसले अन्यथा स्वस्थ मानिसहरूमा गम्भीर रोग र मृत्युसमेत निम्त्याउन सक्छ। फ्लू खोप तत्काल फैलिरहेका भाइरस स्ट्रेनसँग मेल खानेगरी वार्षिकरूपमा अद्यावधिक गरिन्छ। त्यसैले हेरक वर्ष खोप लगाउनु महत्त्वपूर्ण हुन्छ।
COVID -19 खोपहरू गम्भीर रोगबाट जोगाउने, अस्पताल जानुपर्ने र मृत्युबाट जोगाउने उत्तम तरिका हो।
65 वर्ष वा माथिका जोकोही र गम्भीर COVID-19 को उच्च जोखिममा रहेका जोकोहीको लागि खोप विशेषगरी महत्त्वपूर्ण हुन्छ। तपाईंले यो योग्यता जाँच गर्ने अनलाइन उपकरण (eligibility checker online tool) प्रयोग गरेर बूस्टर खोपको लागि आफ्नो योग्यता जाँच गर्न सक्नुहुन्छ।
RSV एक सामान्य भाइरस हो। अधिकांश मानिसमा यसले हल्का लक्षणहरू देखाउँछ, तर साना बालबालिका र ज्येष्ठ नागरिकहरूमा यसले श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छ। धेरै गम्भीर रूपमा बिरामी भएका व्यक्तिहरूलाई लक्षणहरूको उपचार तथा व्यवस्थापनका लागि अस्पताल जानुपर्ने हुन सक्छ। ज्येष्ठ नागरिकहरूका लागि एक डोज खोप लगाउन सिफारिस गरिएको छ।
NSW का केही व्यक्तिहरूले निम्नका लागि नि: शुल्क खोपहरू पनि प्राप्त गर्न सक्छन्:
कृपया NSW Health Immunisation तथा अन्य खोप (Other Vaccinations) हेर्नुहोस् वा आफ्नो डाक्टर, नर्स वा फार्मासिस्टसँग परामर्श गर्नुहोस्।
थेराप्युटिक गुड्स एडमिनिस्ट्रेशन (TGA) ले सुरक्षा र प्रभावकारिताको लागि अष्ट्रेलियामा खोपहरूको अनुगमन गर्दछ। अष्ट्रेलियामा प्रयोग गरिएका सबै खोपहरूले कुनै पनि जोखिमभन्दा धेरै लाभ दिन्छ। यो रोग लाग्नु भन्दा खोप लगाउनु धेरै सुरक्षित छ। खोपसम्बन्धी जानकारी हेर्नुहोस्।
खोप लगाएपछि तपाईंलाई हल्का साइड इफेक्ट हुन सक्छ – यो सामान्य हो। अधिकांश साइड इफेक्टहरू हल्का, अस्थायी र खोपप्रति प्रतिरक्षा प्रणालीको प्राकृतिक प्रतिक्रियाको भाग हुन्। सामान्य प्रतिक्रियाहरूमा निम्न समावेश छन्:
तपाईंको खोप रेकर्डहरू अष्ट्रेलियन खोप रजिस्टर (AIR) मा हुन्छ। तपाईंले आफ्नो खोप इतिहास विवरण यी तरिकाहरूबाट पहुँच गर्न सक्नुहुन्छ: