​​​के तपाईंलाई द्रुत चिकित्सा सहायता चाहिन्छ?

Urgent care अब उपलब्ध छ।

Urgent care जीवन जोखिममा नपार्ने तर द्रुत चिकित्सा ध्यान आवश्यक स्वास्थ्य समस्याहरूको लागि एक सेवा हो।

Medicare कार्ड धारकहरू र समुदायमा रहेका शरण खोज्नेहरूका लागि Urgent care निःशुल्क छ।

Urgent care प्राप्त गर्न, healthdirect लाई निःशुल्क 1800 022 222 मा फोन गर्नुहोस्, दिनको 24 घण्टा, हप्ताको 7 दिन।

भाषा सहायताको लागि, पहिले TIS National लाई 131 450 मा फोन गर्नुहोस् र healthdirect को लागि अनुरोध गर्नुहोस्।

Healthdirect एक सरकारी वित्तपोषित सेवा हो जसले वेबसाइट, एप र टेलिफोन हेल्पलाइनमार्फत स्वास्थ्य जानकारी र सल्लाह प्रदान गर्दछ।

एक नर्सले तपाईंको फोनको उठाउने छ, केही प्रश्नहरू सोध्नेछन् र त्यसपछि तपाईंलाई तपाईंको स्वास्थ्य आवश्यकताहरूको लागि सही ठाउँमा सही हेरचाहसँग जोड्नेछन्।

healthdirect नर्सले:

  • फोन वा भिडियो कल गरेर तपाईंलाई स्वास्थ्य विशेषज्ञसँग जोड्न सक्छन्।
  • तपाईंलाई स्थानीय Urgent care सेवामा अपोइन्टमेन्ट बुक गरिदिन सक्छन्।
  • तपाईंलाई तपाईंको अघिपछिको GP वा डाक्टरसहित अन्य उपयुक्त, स्थानीयरूपमा उपलब्ध स्वास्थ्य हेरचाहसँग जोड्न सक्छन्।
  • तपाईंको लागि एम्बुलेन्स फोन गर्न सक्छन् वा यदि तपाईंको अवस्था आपतकालीन छ भने तपाईंलाई नजिकको आपतकालीन विभागमा पठाउन सक्छन्।

के तपाईंलाई थप सहयोग चाहिन्छ?

  • यदि तपाईंलाई श्रवण वा वाणी सहायता चाहिन्छ भने, तपाईंलाई पायक पर्ने रिले विधि छनौट गर्न Access Hub मा National Relay Service वेबसाइटमा जानुहोस् र त्यसपछि healthdirect मा जोडि दिनको लागि अनुरोध गर्नुहोस्।
  • यदि तपाईंसँग अन्य सहायता आवश्यकताहरू छन् भने, healthdirect मा तपाईंको फोनको जवाफ दिने नर्सलाई भन्नुहोस्।

आकस्मिक अवस्थामा, सधैँ तीन शून्य 000 मा फोन गर्नुहोस्

यदि तपाईंको स्वास्थ्य समस्या जीवनको लागि जोखिमपूर्ण आपतकाल हो भने, सधैं ट्रिपल जिरो (000) मा फोन गर्नुहोस्।

जीवन - जोखिमपूर्ण आपतकालिन अवस्थाका उदाहरणहरूमा निम्न समावेश छन्:

  • अचानक ढल्ने
  • छाती गह्रौँ हुने वा १० मिनेटभन्दा बढी समयसम्म दुख्ने
  • श्वास फेर्न कठिनाइ
  • अनियन्त्रित रक्तस्राव
  • गम्भीर मानसिक स्वास्थ्य चिन्ताहरू।

NSW मा urgent care सेवाहरूको बारेमा जानकारी

NSW मा आपतकालीन विभागहरू अत्यन्त व्यस्त छन्, र त्यहाँ धेरै व्यक्तिहरू अन्य स्वास्थ्य सेवाहरूद्वारा द्रुत र उचित रूपमा उपचार गर्न सकिने urgent care आवश्यकताहरू लिएर प्रस्तुत भैरहेका छन्।

NSW सरकारले सन् २०२५ को मध्यसम्म NSW मा २५ urgent care सेवाहरू प्रदान गर्न दुई वर्षमा १२४ मिलियन डलरको कोषको प्रतिबद्धता गरेको छ।

NSW समुदायहरूमा urgent care सेवाहरूको यो विस्तारले आपतकालीन विभागहरूलाई सबैभन्दा गम्भीर बिरामी वा घाइते बिरामीहरूमा ध्यान केन्द्रित गर्न मद्दत गर्दछ।

NSW मा urgent care सेवाहरूको बारेमा बारम्बार सोधिने प्रश्नहरू

  • Urgent care भनेको जीवनलाई खतरामा नपार्ने २ - १२ घण्टाभित्र ध्यान आवश्यक हुने रोग वा चोटपटकको लागि एक चिकित्सा हेरचाह हो। यो चिकित्सा ध्यान आपतकालीन विभाग बाहिरको स्वास्थ्य सेवा सेटिङमा सुरक्षित रूपमा प्रदान गर्न सकिन्छ।

    ​​
  •  Urgent care सेवा एक स्वास्थ्य सेवा हो जसले द्रुत चिकित्सा हेरचाह चाहिने तर जीवन खतरामा नपार्ने स्वास्थ्य हेरचाह आवश्यकताहरूको लागि छोटो अवधिको, एकपटकको हेरचाह प्रदान गर्दछ ।

    Urgent care सेवाहरू व्यक्तिगत रूपमा वा भर्चुअल रूपमा (फोनमा वा भिडियो कलद्वारा) प्रदान गरिन्छ।


  • मानिसहरूले, यदि उनीहरूलाई कुनै स्वास्थ्य समस्याको लागि द्रुत चिकित्सा सहायता चाहिन्छ जसले जीवनलाई भने खतरामा पार्ने छैन, वा यदि तिनीहरू उपचार नगरी नहुने स्वास्थ्य समस्याको लागि स्थानीय सामान्य चिकित्सक (GP) सँग अपोइन्टमेन्ट लिन असमर्थ छन् भने Urgent care सेवा प्रयोग गर्नुपर्दछ ।

    Urgent care सेवाहरूले मानिसहरूलाई व्यस्त आपतकालीन विभागमा नपर्खाई, उनीहरूलाई चाँडै आवश्यक पर्ने उपचार प्रदान गर्दछ।


  •  Urgent care आवश्यकता भएका NSW मा बस्ने वा भ्रमण गर्ने सबै उमेरका व्यक्तिहरूले healthdirect लाई 1800 022 222 मा फोन गरेर थुप्रै व्यक्तिगत वा भर्चुअल Urgent care मा पहुँच प्राप्त गर्न सक्छन् । भाषा सहायताको लागि, मानिसहरूले पहिले TIS National लाई  131 450 मा फोन गर्नुपर्छ र healthdirect को लागि अनुरोध गर्नु पर्छ।

    Healthdirect निःशुल्क फोन गर्नका लागि उपलब्ध छ, दिनको २४ घण्टा, हप्ताको ७ दिन। फोन गर्नेहरूले दर्तावाल नर्ससँग कुरा गर्छन् जसले उनीहरूको अवस्थाको बारेमा केही प्रश्नहरू सोध्छन् र त्यसपछि उनीहरूलाई उनीहरूको अवस्था र ठाउँमा आवश्यक सही हेरचाहमा मार्गदर्शन गर्दछन् जसमा Urgent care सेवा पनि पर्दछ ।

    केही व्यक्तिगत भेटघाट गरि गर्नुपर्ने Urgent care सेवाहरूको लागि, Healthdirect नर्सले फोन गर्ने व्यक्तिको तर्फबाट अपोइन्टमेन्ट बुक गर्न सक्छन्।

    Healthdirect मा फोन गर्ने व्यक्तिहरूले आफ्नो इच्छा अनुशार पुरुष वा महिला नर्ससँग कुरा गर्न अनुरोध गर्न सक्छन्।



  • श्रवण वा वाणीमा कठिनाइ भएका व्यक्तिहरूले पहिले National Relay Service  लाई About the National Relay Service​ वेबसाइटमा गएर उनीहरूको लागि पायक पर्ने रिले विधि छनौट गर्नुपर्छ र healthdirect को लागि अनुरोध गर्नु पर्छ।​​

  • मानिसहरूले यदि उनीहरूलाई गम्भीर चोटपटक वा बिरामी वा जीवन जोखिमपूर्ण आपतकाल छ भने ट्रिपल जिरो (000) मा एम्बुलेन्स बोलाउनु पर्छ वा तुरुन्तै आपतकालीन विभागमा जानु पर्छ।

    जीवन - जोखिमपूर्ण आपतकालिन अवस्थाका उदाहरणहरूमा निम्न समावेश छन्:

    • अचानक ढल्ने
    • छाती गह्रौँ हुने वा १० मिनेटभन्दा बढी समयसम्म दुख्ने
    • श्वास फेर्न कठिनाइ
    • अनियन्त्रित रक्तस्राव
    • गम्भीर मानसिक स्वास्थ्य चिन्ता।

  • हो। दोभाषे सेवाहरू अनुरोध गर्ने वा आवश्यक पर्ने कुनै पनि व्यक्तिको लागि निःशुल्क प्रदान गरिन्छ।

    मानिसहरूले Urgent careसेवाहरूमा पहुँच  healthdirect मा फोन गरेर गर्छन्। दोभाषे सहायताको लागि, मानिसहरूले पहिले TIS National लाई  131 450 मा फोन गर्नुपर्छ र healthdirect लाई 1800 022 222 मा अनुरोध गर्नु पर्छ।

    यदि healthdirect ले फोन वा भिडियो कलद्वारा फोनरलाई भर्चुअल urgent care  सेवामा जोड्छ भने, दोभाषेलाई या त सीधै फोनरसँग हस्तान्तरण गरिनेछ, वा Healthdirect ले फोनरसँग फोन वा भिडियो कलमा दोभाषे जोडिने व्यवस्था गर्नेछ।

    यदि healthdirect ले फोन गर्ने व्यक्तिलाई व्यक्तिगतरूपमा urgent care  सेवामा जोड्छ भने, सो सेवालाई दोभाषे आवश्यक पर्ने कुरा जानकारी दिइने छ। त्यसपछि व्यक्तिगतरूपमा वा फोन वा भिडियो कलद्वारा दोभाषेलाई समयमै पहुँचको व्यवस्था गर्नु urgent care सेवाको जिम्मेवारी हो।



  • ​व्यक्तिगत र भर्चुअल urgent care सेवाहरूको थुप्रै प्रकारहरू उपलब्ध छन् जसले द्रुत चिकित्सा हेरचाह आवश्यक पर्ने स्वास्थ्य समस्याहरूको लागि उपचार र सल्लाह प्रदान गर्दछन्।

    केही व्यक्तिगत urgent care सेवाहरूमा जीवन-खतरा नभएका विभिन्न रोगहरू र चोटपटकहरूको उपचार गर्न चाहिने उपकरणहरू र सक्षम कर्मचारीहरू छन्। केही व्यक्तिगत urgent care सेवाहरूले Medicare कार्ड धारकहरू र समुदायमा रहेका शरण खोज्नेहरूका लागि निःशुल्क एक्स-रे र प्याथोलोजी सेवाहरू पनि प्रदान गर्छन्। यसको मतलब मानिसहरूले आफ्नो रोग वा चोटलाई एकै ठाउँमा चाँडै व्यवस्थापन गर्न सक्छन्।

    भर्चुअल urgent care सेवाहरूले मानिसहरूलाई फोन वा भिडियो कलद्वारा स्वास्थ्य विशेषज्ञहरूसँग दूर पहुँच गराउँछन् जसले urgent care आवश्यकताहरूको उपचार र सल्लाह दिन सक्छन्। यसमा विशेषज्ञ डाक्टर र नर्सहरू समावेश हुन्छन्, जसले उनीहरूको अवस्थाको मूल्याङ्कन गर्न सक्छन् र उचित उपचार र सल्लाह लिन उनीहरूलाई सहयोग गर्न सक्छन्।

  • Healthdirect लाई 1800 022 222 मा फोन गर्न र जानकारी, सल्लाह प्राप्त गर्न वा urgent care सेवालगायतका स्वास्थ्य सेवासँग जोडिन जो कोहीलार्इ निःशुल्क छ।

    urgent care सेवा मार्फत Medicare कार्ड भएका व्यक्तिहरू र समुदायमा रहेका शरण खोज्नेहरूको लागि उपचार निःशुल्क छ।


  • Urgent care सेवाहरू सामान्यतया हप्ताको प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुला हुन्छन्, सार्वजनिक बिदाहरूमा समेत। केही भर्चुअल Urgent care सेवाहरू दिनको २४ घण्टा, हप्ताको ७ दिन उपलब्ध छन्।

    Healthdirect लाई 1800 022 222 मा फोन गरेर, Urgent care सेवा अन्तर्रगत मानिसहरूलाई उनीहरूको स्थानमा उपयुक्त, उपलब्ध सेवासँग जोड्न  सकिन्छ, ।

    Healthdirect दिनको 24 घण्टा, हप्ताको 7 दिन 1800 022 222 मा फोन मार्फत उपलब्ध छ।


  • NSW सरकारले NSWमा २५ Urgent care सेवाहरुको वितरणलाई आर्थिक सहयोग गरिरहेको छ, जुन सम्पूर्णरुपमा २०२५ को मध्यसम्म सञ्चालनमा आउनेछन्। यी सेवाहरूको वितरण महानगरीय, क्षेत्रीय र ग्रामीण क्षेत्रहरूको दायरामा फैलिनेछ।

    यी व्यक्तिगत सेवाहरूको अतिरिक्त, राज्यव्यापी रूपमा दुई भर्चुअल Urgent care सेवाहरू विस्तार गरिँदैछ:

    • भर्चुअल GP Urgent care सेवा - सामान्य चिकित्सकहरू (GPs) लाई दूर पहुँच प्रदान गर्दछ।
    • virtualKIDS urgent care सेवा – बच्चाहरू र उनीहरूका परिवारहरूलाई बालचिकित्सक र विशेषज्ञ बालचिकित्सा नर्सहरूमाथी दूर पहुँच प्रदान गर्दछ।

    अष्ट्रेलिया सरकारले Medicare Urgent Care Clinics मार्फत NSW मा Urgent Care उपलब्ध गराउने स्वास्थ्य सेवा वितरण गर्न कोषको पनि प्रतिबद्धता गरेको छ  जुन NSW का थुप्रै स्थानहरुमा स्थापना हुँदैछन्।


  • Healthdirect एक सरकारी वित्तपोषित सेवा हो जसले वेबसाइट, एप र टेलिफोन हेल्पलाइनमार्फत स्वास्थ्य जानकारी र सल्लाह प्रदान गर्दछ।

    Healthdirect ले मानिसहरूलाई उनीहरूको आफ्नै स्वास्थ्य व्यवस्थापन गर्न मद्दत गर्दछ र उनीहरूलाई उनीहरूको स्वास्थ्य समस्याहरूको लागि थुप्रै urgent care सेवाहरू सहित, सही ठाउँमा सही हेरचाहसँग जोड्दछ । ,  तर यसको सेवा यत्तिमै सीमित छैन।

    Healthdirect दिनको २४ घण्टा, हप्ताको ७ दिन 1800 022 222 मा फोन मार्फत उपलब्ध छ।

    फोन गर्नेहरूले दर्तावाल नर्ससँग कुरा गर्छन् जसले उनीहरूको अवस्थाको बारेमा केही प्रश्नहरू सोध्छन् र त्यसपछि उनीहरूलाई उनीहरूको अवस्था र स्थानको लागि आवश्यक सही हेरचाहमा मार्गदर्शन गर्छन्, यी लगायत:

    • बिरामीको नियमित सामान्य चिकित्सक (GP) लगायत उपयुक्त, उपलब्ध स्थानीय स्वास्थ्य सेवा प्रयोग गर्न सल्लाह प्रदान गर्ने
    • स्थानीय urgent care सेवामा अपोइन्टमेन्ट बुक गर्ने
    • फोन वा भिडियो कलद्वारा फोनकर्तालाई स्वास्थ्य विशेषज्ञ जस्तै सामान्य चिकित्सक (जीपी) वा बालरोग विशेषज्ञसँग जोड्ने
    • घरमा सुरक्षित रूपमा स्वास्थ्य समस्या व्यवस्थापन गर्न सल्लाह र सहयोग प्रदान गर्ने
    • जब उपयुक्त हुन्छ, एम्बुलेन्समा फोन गर्ने वा बिरामीलाई नजिकको आपतकालीन विभागमा पठाउने।

  • NSW सिमानानजिकका मानिसहरूका लागि

    NSW बाहिरका अष्ट्रेलियाली राज्यहरू र क्षेत्रहरूमा बसोबास गर्ने वा भ्रमण गर्ने केही व्यक्तिहरूले NSW मा अवस्थित urgent care सेवाहरूमा पहुँच गर्न सक्छन्।  healthdirect लाई 1800 022 222 मा फोन गर्नेहरू जसलाई द्रुत चिकित्सा हेरचाह चाहिन्छ, जस्तै NSW सिमानानजिक अवस्थित व्यक्तिहरू, यदि उपयुक्त भएमा NSW भित्र अवस्थित सेवाहरूसँग उनीहरुलाई जोडिन सकिनेछ।

    अन्य अष्ट्रेलियाली राज्य र क्षेत्रका मानिसहरूका लागि

    क्वीन्सल्याण्डबाहेक सबै अष्ट्रेलियाको राज्य र प्रान्तका मानिसहरूले healthdirect (भिक्टोरियामा NURSE - ON - CALL को रूपमा चिनिने) लाई 1800 022 222 मा फोन गर्न सक्छन् र उपयुक्त स्थानीय रूपमा उपलब्ध स्वास्थ्य सेवाहरूसँग जोडिन सक्छन्।

    क्वीन्सल्याण्डमा बसोबास गर्ने वा भ्रमण गर्ने व्यक्तिहरूले 13 HEALTH (13 43 25 84) लाई दर्तावाल नर्ससँग २४ घण्टा, हप्ताको ७ दिन कुरा गर्न र स्थानीय रूपमा उपलब्ध उपयुक्त स्वास्थ्य सेवाहरूसँग जोडिन फोन गर्न सक्छन्।

    Medicare Urgent Care Clinics सबै अष्ट्रेलियाली राज्यहरू र क्षेत्रहरूमा पनि उपलब्ध छन्।



  • हो। NSW मा विभिन्न Urgent Care सेवाहरू छन्। धेरै चाहिँ सबै उमेर समूहका लागि उपलब्ध छन्।

    केही विशेषगरी वृद्धहरूको लागि सेवाहरू प्रदान गर्न डिजाइन गरिएको हो।

    virtualKIDS urgent care सेवा विशेषगरी १५ वर्षसम्मका बच्चाहरूको लागि urgent care  प्रदान गर्नको लागि डिजाइन गरिएको हो।

    urgent care सेवाहरुमा healthdirect मार्फत पहुँच प्राप्त गरेर, मानिसहरू आफ्नो अवस्था, स्थान र उमेरको लागि सबैभन्दा उपयुक्त सेवासँग जोडिन्छन्।



  • हो। कुनै पनि उमेरका मानिसहरूले healthdirect मा फोन गर्न सक्छन्।

    जब १६ वर्ष वा सोभन्दा कम उमेरको बच्चाले healthdirect लाई फोन गर्छ, सामान्यतया उक्त नर्सले त्यहाँ आफुलेपनि कुरा गर्न सक्ने वयस्क छ कि छैन भनेर सोध्नेछ। यदि कुनै वयस्क उपस्थित छैन, वा बच्चाले गोपनीयता अनुरोध गर्दछ भने, नर्सले बच्चालाई उनीहरूको अवस्था र स्थानको लागि सबैभन्दा उपयुक्त स्वास्थ्य हेरचाह निर्धारण गर्न उनीहरूको अवस्थाको बारेमा प्रश्नहरूको एक श्रृंखला सोध्नेछ। त्यसपछि नर्सले उमेर उपयुक्त स्वास्थ्य जानकारी र स्वास्थ्य सल्लाह प्रदान गर्दछ वा बच्चालाई उनीहरूको लागि उपलब्ध सबैभन्दा उपयुक्त स्वास्थ्य हेरचाहसँग जोड्दछ।



  • NSW Health ले स्वास्थ्य गोपनीयता र व्यक्तिगत जानकारीको सुरक्षालाई गम्भीरतापूर्वक लिन्छ र बिरामी, कर्मचारी र अन्य तेस्रो पक्षहरूको गोपनीयता अधिकार सम्मान र कायम गर्न कानूनद्वारा बाध्य छ।

    NSW Health मा लागू हुने गोपनीयता कानून र नीतिहरू, र NSW Health द्वारा वितरित स्वास्थ्य सेवाहरूको बारेमा विस्तृत जानकारी NSW Health वेबसाइटमा फेला पार्न सकिन्छ।


  • प्राणघातक नभएका स्वास्थ्य समस्याहरूको लागि आपतकालीन विभागको सट्टा urgent care सेवामा पहुँच गरेर, मानिसहरूले आवश्यक उपचार प्राप्त गर्छन् र व्यस्त आपतकालीन विभागमा पर्खिनबाट जोगिन्छन्। यसले आपतकालीन विभागहरूलाई दबाब दिँदैन, जसले उनीहरूलाई सबैभन्दा गम्भीर बिरामी वा घाइते बिरामीहरूमा ध्यान केन्द्रित गर्न दिन्छ।

    केही व्यक्तिगत Urgent care सेवाहरूले Medicare कार्ड धारकहरू र समुदायमा रहेका शरण खोज्नेहरूका लागि निःशुल्क एक्स-रे र प्याथोलोजी सेवाहरू पनि प्रदान गर्छन्।  यसको मतलब मानिसहरूले आफ्नो रोग वा चोटलाई एकै ठाउँमा चाँडै व्यवस्थापन गर्न सक्छन्।


  •  urgent care  सेवाबाट हेरचाह प्राप्त गर्ने बिरामीहरूले बिरामी भइरहेको, वा तिनीहरूको अवस्था बिग्रँदै गएको महसुस गरेमा तुरुन्तै कर्मचारीहरूलाई थाहा दिनुपर्छ।

    यदि कुनै बिरामी urgent care सेवा प्रयोग गर्दा बिरामी हुन्छ भने, चिकित्सा र नर्सिङ्ग स्वास्थ्यकर्मीहरूले उनीहरूको अवस्थाको चाँडै मूल्याङ्कन गर्नेछन् र उनीहरूको हेरचाह आवश्यकताहरूको लागि उत्तम ठाउँ कहाँ छ भनेर निर्णय गर्नेछन् र यदि तिनीहरूको अवस्था जीवन-जोखिमपूर्ण खालको छ भने आपतकालीन विभागमा यातायातको व्यवस्थालगायत बन्दोबस्त गर्नेछ।

    बिरामीहरू र उनीहरूका हेरचाहकर्ताहरूले कुनै पनि समयमा ट्रिपल जिरो (000) मा फोन गर्न सक्छन्।


  • हामी सबै प्रतिक्रियाहरूलाई स्वागत गर्दछौं, किनकि यसले हामीलाई हामी के राम्रो गरिरहेका छौं र हामीले हाम्रो स्वास्थ्य सेवाहरू कसरी सुधार गर्न सक्छौं भनेर बुझ्न मद्दत गर्दछ।

    Healthdirect वा urgent care बाट हेरचाह प्राप्त गर्ने व्यक्तिहरूलाई उनीहरूको अनुभवमा प्रतिक्रिया प्रदान गर्न ईमेल वा टेक्स्ट सन्देशद्वारा सम्पर्क गर्न सकिन्छ।

    NSW Health वा healthdirect लाई सीधै प्रतिक्रिया प्रदान गर्न चाहने व्यक्तिहरूले निम्न निर्देशनहरू पालना गर्न सक्छन्:

    urgent care हेरचाह सेवामार्फत प्राप्त हेरचाहको बारेमा प्रतिक्रिया (प्रशंसा, सुझाव वा गुनासोहरू) प्रदान गर्न, तपाईंले हामीलाई NSW Health प्रतिक्रिया वेबसाइट मार्फत आफ्नो अनुभवको बारेमा बताउन सक्नुहुन्छ।

    Healthdirect सेवाको बारेमा प्रतिक्रिया (प्रशंसा, सुझाव वा गुनासोहरू) प्रदान गर्न कृपया यो वेबसाइटमा जानुहोस्।



थप जानकारी र स्रोतहरू

NSW मा दिइने urgent care सेवाहरूको बारेमा सबै भाषामा जानकारी र संसाधनहरू NSW Health वेबसाइट मा उपलब्ध छन्।

NSW मा उपलब्ध भइरहेको urgent care सेवाहरूको बारेमा थप जानकारी र संसाधनहरू NSW Health वेबसाइट​मा अंग्रेजीमा उपलब्ध छन्।

Current as at: Wednesday 13 December 2023
Contact page owner: System Purchasing