चिकुनगुनिया(Chikungunya)तथ्यपत्र

चिकनगुनिया भाइरसबाट संक्रमित लामखुट्टेहरूद्वारा मानिसहरूमा चिकनगुनिया सर्छ। लक्षणहरूमा ज्वरो, दाग र जोर्नी दुख्नेहरू लगायतका पर्छन्। यो भाइरस मुख्यतया अफ्रिका, एसिया, पश्चिमी प्रशान्त र अमेरिकाहरूमा पाइन्छ। प्रभावित क्षेत्रहरूमा जाने यात्रुहरूले संक्रमण रोक्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।

Last updated: 19 December 2025

चिकनगुनिया के हो?

चिकनगुनिया (chikungunya) भाइरस संक्रमण दुई प्रकारका लामखुट्टेबाट फैलिने भाइरसको कारणले हुन्छ:

  • डेंगु लामखुट्टे (Aedes aegypti)
  • एसियन टाइगर लामखुट्टे (एडीज एल्बोपिक्टस)।

चिकनगुनियाका लक्षणहरू के के हुन्?

चिकनगुनियाका लक्षणहरूमा निम्न समावेश छन्:

  • ज्वरो, चिसो हुने, टाउको दुख्ने र मांसपेशी दुख्ने
  • विशेषगरी बिहानमा जोर्नीको सूजन, जकडन र दुखाइ,
  • एक दाग, सामान्यतया जीउ वा हातखुट्टाहरूमा। यो सामान्यतया ७-१० दिनसम्म रहन्छ
  • थकान वा कमजोरीको अनुभूति। 

सामान्यतया संक्रमित लामखुट्टेले टोकेको लगभग ७-१० दिनपछि लक्षणहरू देखा पर्छन्।

चिकनगुनिया भाइरसबाट संक्रमित अधिकांश मानिसहरू केही हप्तामा निको हुन्छन्। केही व्यक्तिहरूले धेरै हप्तासम्म थकान र धेरै महिनासम्म जोर्नी दुख्ने अनुभव गर्न सक्छन्। 

चिकनगुनिया कसरी फैलिन्छ?

मानिसहरूलाई भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि चिकनगुनिया भाइरस संक्रमण हुन्छ। चिकनगुनिया एक व्यक्तिबाट अर्को व्यक्तिमा सीधै फैलिँदैन।

लामखुट्टेहरू संक्रमित हुन्छन् जब उनीहरूले रगतमा चिकुनगुनिया भाइरस भएको व्यक्तिको रगत खान्छन्। एकपटक संक्रमित भएपछि, भाइरस लामखुट्टेभित्र धेरै गुणा वृद्धि हुन्छ र लामखुट्टेले टोक्दा अन्य मानिसहरूलाई संक्रमित गर्न सक्छ।  

चिकनगुनिया लाग्ने जोखिम कसलाई हुन्छ?

चिकुनगुनिया भाइरस अफ्रिका, एसिया, अमेरिका र पश्चिमी प्रशान्त क्षेत्रमा देखा पर्दछ। चिकनगुनिया हुने ठाउँमा यात्रा गर्ने व्यक्तिहरूलाई संक्रमण फैलाउन सक्ने लामखुट्टेका प्रकारहरू (डेंगु लामखुट्टे वा एसियन टाइगर लामखुट्टे) ले टोकेमा संक्रमणको जोखिम हुन्छ।

चिकनगुनिया निम्नका लागि बढी गम्भीर हुन सक्छ:

  • ६५ वर्षभन्दा माथिका वृद्ध वयस्कहरू
  • जन्मको समयमा संक्रमित नवजात शिशुहरू
  • मुटुरोग, उच्च रक्तचाप र मधुमेहजस्ता अन्तर्निहित चिकित्सा अवस्था भएका मानिसहरू।

चिकनगुनिया कसरी रोकिन्छ?

हाल अष्ट्रेलियामा चिकनगुनियाविरूद्ध कुनै अनुमोदित खोप छैन।

लामखुट्टेको टोकाइबाट बच्न यी उपायहरू अपनाउनुहोस्:

  • हल्का रंगको, लामो बाहुलाको शर्ट, लामो ट्राउजर र ढाक्ने जुत्ता लगाउनुहोस्। लामखुट्टेले कसिलो कपडाबाट टोक्न सक्छ।
  • देखिएको छालाको सबै क्षेत्रमा समानरूपमा पिकारिडिन, DEET वा lemon eucalyptus को तेल भएको लामखुट्टे विकर्षक (repellent) लगाउनु होस्। प्राकृतिक वा घरेलु विकर्षकहरूले सीमित सुरक्षा प्रदान गर्दछ। तपाईंले कति मात्रामा विकर्षक पुन: लगाउनुपर्छ भनेर पत्ता लगाउन निर्देशनहरू पढ्नुहोस्। सधैँ पहिले सनस्क्रीन लगाउनुहोस् र त्यसपछि विकर्षक लगाउनुहोस्।
  • लामखुट्टेले टोक्ने चरम समयमा विशेष हेरचाह गर्नुहोस्। लामखुट्टेका केही प्रजातिहरूले दिनभर टोक्नेछन्।
  • घरवरिपरि जमेको पानी हटाउनुहोस् किनकि तिनीहरू लामखुट्टे प्रजननस्थल बन्न सक्छन्।
  • लामखुट्टे जाल प्रयोग गर्नुहोस्, र झ्याल र ढोकामा जाली राख्नुहोस्।
  • लामखुट्टेबाट हुने रोगहरूको उच्च जोखिम भएका क्षेत्रहरूमा यात्रा गर्दा अतिरिक्त सावधानीहरू अपनाउनुहोस्।

माथि उल्लिखित सामान्य सुरक्षा उपायहरूको अतिरिक्त, विदेश यात्रा गर्दा तपाईंले निम्न कुराहरू पनि गर्नुपर्छ:

  • जाली लगाइएका वा वातानुकूलित कोठाहरूमा बस्नुहोस् र सुत्नुहोस्।
  • यदि सुत्ने ठाउँ बाहिर खुला छ भने ओछ्यानमा लामखुट्टे जाली प्रयोग गर्नुहोस्। प्रभावकारी जालहरूलाई पाइरेथ्रोइड कीटनाशक, जस्तै पर्मेथ्रिन, द्वारा उपचार गरिन्छ। पहिले नै उपचार गरिएको ओछ्यानको जालीहरू यात्रा गर्नुअघि किन्न सकिन्छ, वा जालीहरू खरीदपछि उपचार गर्न सकिन्छ।
  • लामखुट्टेबाट सर्ने रोगको उच्च प्रसारण वा प्रकोपको ज्ञात क्षेत्रबाट टाढा रहनुहोस्।

लामखुट्टेको टोकाइ रोकथाम जानकारीको लागि, लामखुट्टेहरू स्वास्थ्य खतरा तथ्यपत्र हेर्नुहोस्।  Smartraveller वेबसाइटमा विशेष गन्तव्यहरूको लागि स्वास्थ्य जानकारी पनि छ।

चिकनगुनिया कसरी निदान गरिन्छ?

तपाईंको डाक्टरले रगतको नमूना लिन सक्छन् र यसलाई चिकनगुनिया भाइरसको लागि परीक्षण गराउन सक्छन्। हालको संक्रमण पुष्टि गर्न दोस्रो रगत परीक्षण आवश्यक हुन सक्छ।

चिकनगुनियाको उपचार कसरी गरिन्छ?

चिकनगुनियाको लागि कुनै विशेष उपचार छैन। तपाईंको डाक्टरले तपाईंलाई एन्टी-इन्फ्लेमेटरी औषधिहरू प्रयोग गरेर लक्षणहरूको उपचार गर्न सल्लाह दिनेछन्।

जनस्वास्थ्य प्रतिक्रिया के हो?

प्रयोगशालाहरूले कसैलाई चिकुनगुनिया भाइरस भएको पुष्टि गर्दा उनीहरूको स्थानीय जनस्वास्थ्य इकाईलाई सूचित गर्छन्।

जनस्वास्थ्य इकाइहरूले व्यक्ति कहाँ संक्रमित भएको हुन सक्छ भनेर निर्धारण गर्न प्रत्येक घटनाको अनुगमन गर्छन्।

यो जानकारी कम जोखिम भएका क्षेत्रहरूमा फैलिरहेको छ कि छैन भनेर पहिचान गर्न मद्दत गर्न महत्त्वपूर्ण हुन्छ। यसको उद्देश्य चिकनगुनिया फैलाउन सक्ने लामखुट्टेको प्रकार भएको अष्ट्रेलियाका क्षेत्रहरूमा फैलावट रोक्नु पनि हो।

अतिरिक्त स्रोतहरू

यदि तपाईंमा लक्षणहरू छन् र तपाईं चिन्तित हुनुहुन्छ भने, तुरुन्तै आफ्नो डाक्टरसँग कुरा गर्नुहोस् वा आपतकालीन अवस्थामा ट्रिपल जिरो (000) मा कल गर्नुहोस्।

थप सल्लाहको लागि, निःशुल्क र गोप्य भाषा सहायता लिन 131 450 मा अनुवाद र दोभाषे सेवा (TIS)  लाई कल गर्नुहोस्। तिनीहरूलाई आफ्नो भाषा र तपाईं कोसँग कुरा गर्न चाहनुहुन्छ बताउनुहोस्।

  • तपाईंको स्थानीय जनस्वास्थ्य इकाइलाई 1300 066 055 मा
  • निःशुल्क २४-घण्टा स्वास्थ्य सल्लाहको लागि healthdirect लाई 1800 022 222 मा
  • वैकल्पिक रूपमा, आफ्नो स्थानीय फार्मासिष्टसँग कुरा गर्नुहोस्।

चिकनगुनिया रोकथामको बारेमा थप जानकारीको लागि, हेर्नुहोस्: हेर्नुहोस् लामखुट्टे एक स्वास्थ्य खतरा (health hazard) तथ्यपत्रविदेशमा सुरक्षित र स्वस्थ रहन

Current as at: Friday 19 December 2025
Contact page owner: One Health