डेंगु भाइरस डेंगु भाइरसबाट संक्रमित लामखुट्टेहरूद्वारा मानिसहरूमा फैलिन्छ। डेंगु भाइरस संक्रमण (जसलाई डेंगु ज्वरो पनि भनिन्छ) मा गम्भीर फ्लू-जस्ता लक्षणहरू समावेश हुन्छन्। भाइरस र यसलाई फैलाउने लामखुट्टेका प्रकारहरू एसिया, अफ्रिका र दक्षिण अमेरिकाका उष्णकटिबंधीय र उप-उष्णकटिबंधीय देशहरूमा पाइन्छन्। प्रभावित क्षेत्रहरूमा जाने यात्रुहरूले संक्रमण रोक्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।
डेंगु एक भाइरल संक्रमण हो जुन चार डेंगु भाइरसहरू (DENV -1, DENV -2, DENV-3 र DENV-4) मध्ये एकको कारणले हुन्छ। डेंगु भाइरस लामखुट्टेका दुई प्रजातिहरूद्वारा फैलिन सक्छ: डेंगु लामखुट्टे (Aedes aegypti) र एसियन टाइगर लामखुट्टे (Aedes albopictus)। डेंगुले शिशु, बच्चाहरू र वयस्कहरूलाई असर गर्छ।
डेंगु-ज्वरो भएको व्यक्तिमा गम्भीर फ्लूजस्ता लगायत निम्न लक्षणहरू देखा पर्न सक्छ:
लक्षणहरू शिशु, बच्चा र वयस्कहरूबीच फरक हुन सक्छ। संक्रामक लामखुट्टेले टोकेपछि लक्षणहरू ३ देखि १४ दिन (सामान्यतया ४ -७ दिन) बीचमा देखा पर्न सक्छन्। ज्वरो सामान्यतया ६ दिनसम्म रहन्छ। गम्भीर डेंगु ज्वरो दुर्लभ हुन्छ तर यदि निम्न समस्याहरू छन् भने यसले मृत्यु निम्त्याउन सक्छ:
पहिलो लक्षणहरू देखा परेको ३ -७ दिनपछि देखिने चेतावनी संकेतहरू, ज्वरोमा कमी (३८°C भन्दा कम तापक्रम) लगायत निम्न समावेश छन्:
यदि तपाईंमा यी लक्षणहरू छन् भने, तपाईंको डाक्टरसँग कुरा गर्नुहोस् वा तुरुन्तै आपतकालीन विभागमा जानुहोस्।
मानिसहरूलाई भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि डेंगु ज्वरो आउँछ।
लामखुट्टे संक्रमित तब हुन्छ जब यसले रगतमा डेंगु भाइरस भएका व्यक्तिलाई टोक्छ। यो भाइरस लामखुट्टेभित्र विकसित हुन्छ र लामखुट्टेले अन्य मानिसहरूलाई टोक्दा संक्रमित गर्दछ। डेंगु भाइरस बोकेको लामखुट्टेले टोकेको व्यक्तिको रगतमा यो भाइरस टोकेपछिको ३ देखि १४ दिनसम्म हुन सक्छ।
भाइरस सीधै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। डेंगु ज्वरो कहिलेकाँही रगत ट्रान्सफ्युजन, तन्तु वा अंग प्रत्यारोपण, सुईको चोटपटक वा डेंगु भाइरसबाट संक्रमित रगतको म्युकस मेम्ब्रेनसँगको सम्पर्कबाट सर्न सकिन्छ।
डेंगु प्रभावित क्षेत्रहरूमा यात्रा गर्ने व्यक्तिहरूलाई यो रोग लाग्ने जोखिम हुन्छ। डेंगु भाइरस र यसलाई फैलाउने लामखुट्टेका प्रकारहरू एसिया, अफ्रिका र दक्षिण अमेरिकाका उष्णकटिबंधीय र उप-उष्णकटिबंधीय देशहरूमा पाइन्छन्।
अष्ट्रेलियाका अधिकांश क्षेत्रमा, मध्य र सुदूर उत्तर क्वीन्सल्याण्ड (जहाँ डेंगुको लामखुट्टे फेला पार्न सकिन्छ) र टोरेस स्ट्रेट (जहाँ एसियन टाइगर लामखुट्टे फेला पार्न सकिन्छ) बाहेक, डेंगु भाइरस फैलाउन सक्ने लामखुट्टेहरू छैनन्। डेंगु ज्वरोको प्रकोप क्वीन्सल्याण्डका यी क्षेत्रहरूमा हुन्छ जब कोही विदेशमा संक्रमित हुन्छ, त्यसपछि स्थानीय एसियन टाइगर लामखुट्टे वा डेंगु लामखुट्टेद्वारा टोकिन्छ, र त्यो लामखुट्टेले भाइरस अरूमा सार्छ।
डेंगु ज्वरो भएका व्यक्तिहरू सामान्यतया त्यस विशेष प्रकारको डेंगु भाइरसप्रति दीर्घकालीन प्रतिरक्षा विकास गर्छन् तर अझै पनि अन्य प्रकारका डेंगु भाइरसको संक्रमणको जोखिममा हुन्छन्।
प्रारम्भिक डेंगु संक्रमण रोक्नको लागि हाल कुनै खोप छैन।
Dengvaxia® बाट थप संक्रमणहरू (जसलाई दोस्रो संक्रमण पनि भनिन्छ) रोक्न सकिन्छ, यद्यपि यस डेंगु खोपमा कडा योग्यता मापदण्डहरू छन्। खोपको बारेमा आफ्नो डाक्टरसँग कुरा गर्नुहोस्।
निम्न उपायहरू अपनाएर लामखुट्टेको टोकाइबाट आफूलाई बचाउनुहोस्:
तपाईंको डाक्टरले रगतको नमूना लिन सक्छन् र यसलाई डेंगु भाइरसको लागि परीक्षण गराउन सक्छन्। हालको संक्रमण पुष्टि गर्न दोस्रो रगत परीक्षण आवश्यक हुन सक्छ।
डेंगु ज्वरोको कुनै विशेष उपचार छैन। बिरामीहरूले चिकित्सकीय सल्लाह लिनुपर्छ, आराम गर्नुपर्छ र प्रशस्त तरल पदार्थ पिउनुपर्छ। ज्वरो कम गर्न र जोर्नी दुखाइमा मद्दत गर्न प्यारासिटामोल लिन सकिन्छ। यद्यपि, एस्पिरिन वा आइबुप्रोफेन लिनु हुँदैन किनकि तिनीहरूले रक्तस्रावको जोखिम बढाउन सक्छन्।
गम्भीर डेंगुको लागि, अस्पतालमा सूक्ष्म निगरानी र उपचारको लागि आपतकालीन चिकित्सा हेरचाह आवश्यक छ।
प्रयोगशालाहरूले कसैलाई डेंगु ज्वरो आएको पुष्टि गर्दा उनीहरूको स्थानीय जनस्वास्थ्य इकाईलाई सूचित गर्छन्। जनस्वास्थ्य इकाइहरूले व्यक्ति कहाँ संक्रमित भएको थियो भनेर निर्धारण गर्न प्रत्येक बिरामीसँग कुरा गर्छन्। यो जानकारी कम जोखिम मानिने क्षेत्रहरूमा रोग फैलिरहेको छ कि छैन भनेर पहिचान गर्न र फैलावट रोक्न मद्दत गर्न महत्त्वपूर्ण छ।
यदि तपाईंमा डेंगु (Dengue) का लक्षणहरू छन् र तपाईं चिन्तित हुनुहुन्छ भने, तुरुन्तै आफ्नो डाक्टरसँग कुरा गर्नुहोस् वा आपतकालीन अवस्थामा ट्रिपल जिरो (000) मा कल गर्नुहोस्।
थप सल्लाहको लागि, निःशुल्क र गोप्य भाषा सहायता लिन 131 450 मा अनुवाद र दोभाषे सेवा (TIS) लाई कल गर्नुहोस्। तिनीहरूलाई आफ्नो भाषा र तपाईं कोसँग कुरा गर्न चाहनुहुन्छ बताउनुहोस्।
तपाईंको स्थानीय जनस्वास्थ्य इकाइलाई 1300 066 055 मा
निःशुल्क २४-घण्टा स्वास्थ्य सल्लाहको लागि Healthdirect लाई 1800 022 222 मा
वैकल्पिक रूपमा, आफ्नो स्थानीय फार्मासिष्टसँग कुरा गर्नुहोस्।
डेंगू से बचाव के बारे में अधिक जानकारी के लिए देखें: