हेपाटाइटिस ए (Hepatitis A) कलेजोको भाइरल संक्रमण हो। दूषित खाना वा पानी खाँदा वा संक्रमित व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कबाट यो भाइरस फैलिन्छ। खोप र राम्रो सरसफाइले संक्रमणलाई रोक्छ।
'हेपाटाइटिस' को अर्थ कलेजोको सूजन वा सुन्निने हो। यो रसायन वा औषधि, वा विभिन्न प्रकारका भाइरल संक्रमणहरूको कारणले हुन सक्छ।
हेपाटाइटिस ए भाइरस एक प्रकारको हेपाटाइटिस हो। एक प्रकारको हेपाटाइटिस भाइरसको संक्रमणले अन्य हेपाटाइटिस भाइरसको संक्रमणबाट सुरक्षा प्रदान गर्दैन। हेपाटाइटिस ए अष्ट्रेलियामा सामान्य छैन, धेरैजसो मानिसहरूले विदेश यात्रा गर्दा आफ्नो संक्रमण प्राप्त गर्छन्।
हेपाटाइटिस ए का लक्षणहरूमा निम्न समावेश छन्:
हेपाटाइटिसका लक्षणहरू सामान्यतया भाइरसको सम्पर्कमा आएको लगभग चार हप्तापछि देखिन्छन्। कहिलेकाँही लक्षणहरू दुईदेखि सात हप्ताको बीचमा देखा पर्छन्।
रोग सामान्यतया हल्का हुन्छ र एकदेखि तीन हप्तासम्म रहन्छ। लगभग सबै मानिसहरू पूर्णरूपमा निको हुन्छन्।
केही व्यक्तिहरू, विशेषगरी दीर्घकालीन कलेजो रोग भएका व्यक्तिहरूले बढी गम्भीर लक्षणहरू अनुभव गर्न सक्छन्। संक्रमित भएका साना बच्चाहरूमा सामान्यतया कुनै लक्षणहरू देखिदैन।
हेपाटाइटिस ए ले दीर्घकालीन कलेजो रोग निम्त्याउँदैन र हेपाटाइटिस ए को कारणले मृत्युहरू हुन्छन् तर धेरै दुर्लभ हुन्छन्। कहिलेकाँही मानिसहरू रोगको लागि अस्पतालमा भर्ना हुन्छन् र रोग निको भएको देखिन थालेपछि लक्षणहरू दोहोरिन सक्छन्।
हेपाटाइटिस ए भाइरसको ठूलो मात्रा संक्रमित व्यक्तिको दिसामा पाइन्छ। भाइरस सही अवस्थामा धेरै हप्तासम्म वातावरणमा बाँच्न सक्छ।
हेपाटाइटिस ए सामान्यतया संक्रमित व्यक्तिबाट भाइरस अर्को व्यक्तिले निल्दा निम्न माध्यमबाट सर्छ:
हेपाटाइटिस ए को प्रकोप निम्न तरिकाले पत्ता लागेको छ:
संक्रमित व्यक्तिहरूले लक्षणहरू देखा पर्नुभन्दा दुई हप्ताअघिदेखि जन्डिस (आँखा र छालाको पहेंलोपन) भएको एक हप्तासम्म अरूमा भाइरस सार्न सक्छन्। यदि उनीहरूलाई जन्डिस भएन भने, तिनीहरूले लक्षणहरू देखापरेको दुई हप्तासम्म भाइरस सार्न सक्छन्। मानिसहरू यसपछि सावधान हुनुपर्छ किनभने भाइरस लामो समयसम्म दिसामा रहन सक्छ।
हेपाटाइटिस ए को संक्रमण विदेश यात्रा गर्ने व्यक्तिहरु, विशेषगरी हेपाटाइटिस ए सामान्य भएका विकासशील देशहरूमा भ्रमण गर्ने कालागि समस्याको रुपमा रहेको छ।
हेपाटाइटिस ए नलागेका र यसको विरुद्ध खोप नलगाएकाहरूलाई यो रोग लाग्ने जोखिम हुन्छ।
हेपाटाइटिस ए विरुद्ध सुरक्षित र प्रभावकारी खोप उपलब्ध छ।
खोपले उत्तम सुरक्षा प्रदान गर्न दुई हप्ता वा सोभन्दा बढी समय लाग्न सक्छ। दीर्घकालीन सुरक्षाको लागि छ महिनाको अन्तरालमा लिइएका दुई मात्राहरू सिफारिस गरिन्छ।
यदि यो खोप सम्पर्कको दुई हप्ताभित्र दिइयो भने भाइरसको सम्पर्कमा आएका व्यक्तिलाई बचाउन सक्छ।
निम्न उच्च जोखिम समूहहरूको लागि खोप सिफारिस गरिन्छ:
सबैले आफ्नो हात सँधै साबुन र बगेको पानीले कम्तिमा १० सेकेन्डसम्म राम्रोसँग धुनु पर्छ र सफा तौलियाले सुकाउनु पर्छ:
आयातीत जमेका फलफूल उत्पादनहरू हेपाटाइटिस ए को धेरै प्रकोपहरूको स्रोत भएका छन्। उपभोग गर्नुअघि यी उत्पादनहरू पकाउँदा हेपाटाइटिस ए र अन्य सम्भावित खाद्यजन्य संक्रमणहरूको जोखिम समाप्त हुन्छ।
यदि तपाईंलाई हेपाटाइटिस ए छ भने:
हेपाटाइटिस ए भएका सबै व्यक्तिहरूले काम वा स्कूलमा फर्कनुअघि आफ्नो डाक्टरसँग जाँच गर्नुपर्छ।
निम्न व्यक्तिहरूले अरूलाई हेपाटाइटिस ए सार्ने जोखिम बढाएका छन् र काम वा स्कूलमा फर्कनुअघि आफ्नो डाक्टरसँग जाँच गर्नुपर्छ:
डाक्टरले बिरामीको लक्षणहरूको आधारमा हेपाटाइटिस ए को निदान गर्नेछन् र पुष्टि गर्न हेपाटाइटिस ए एन्टिबडीहरूको लागि रगत परीक्षण गर्नेछन्। कहिलेकाँही, रगत वा दिसाको नमूनाहरूमा निदानको लागि हेपाटाइटिस ए डीएनए परीक्षण (PCR) पनि प्रयोग गर्न सकिन्छ।
हेपाटाइटिस ए को लागि कुनै विशेष उपचार छैन।
यदि संक्रामक व्यक्तिको सम्पर्कमा आएको दुई हप्ताभित्र खोप वा इम्युनोग्लोबुलिनको इन्जेक्सन दिइयो भने रोगबाट बच्न सकिन्छ। संक्रामक व्यक्तिको घरेलु सम्पर्क र यौन साझेदारहरूलाई खोप लगाउन वा इम्युनोग्लोबुलिन दिन आवश्यक हुन सक्छ।
हेपाटाइटिस ए भएका व्यक्तिहरूको लागि आराम गर्न, धेरै तरल पदार्थ पिउन, र राम्रो खानपान गर्न सिफारिस गरिन्छ।
मदिरा सेवनबाट टाढा रहँदा कलेजोमा तनाव पनि कम हुनेछ।
डाक्टर, अस्पताल र प्रयोगशालाहरूले स्थानीय जनस्वास्थ्य इकाईलाई गोप्य रूपमा हेपाटाइटिस ए संक्रमणको घटनाहरू सूचित गर्नुपर्छ।
जनस्वास्थ्य इकाईका कर्मचारीहरूले डाक्टर, बिरामी वा बिरामीको परिवारसँग मिलेर संक्रमणको जोखिममा रहेका नजिकका सम्पर्कहरू पहिचान गर्न र जोखिममा रहेकाहरुलाई रोगको बारेमा जानकारी प्राप्त गराउने व्यवस्था गर्न र आवश्यक भएमा रोकथाम उपचारको व्यवस्था गर्न सक्नेछन्।
जनस्वास्थ्य इकाईका कर्मचारीहरूले बाल हेरचाह केन्द्रमा जाने वा काम गर्ने व्यक्तिहरूमा र बिक्रीको लागि खाना सम्हाल्ने व्यक्तिहरूमा हेपाटाइटिस ए का घटनाहरू व्यवस्थापन गर्न विशेष दिशानिर्देशहरू पालना गर्छन्।
जनस्वास्थ्य इकाईका कर्मचारीहरूले प्रकोपको कारण पहिचान गर्न, यसको फैलावट नियन्त्रण गर्न र थप संक्रमणहरू रोक्न हेपाटाइटिस ए को प्रकोपको पनि अनुसन्धान गर्छन्।
थप सल्लाहको लागि, निःशुल्क र गोप्य भाषा सहायता लिन 131 450 मा अनुवाद र दोभाषे सेवा (TIS) लाई कल गर्नुहोस्। तिनीहरूलाई आफ्नो भाषा र तपाईं कोसँग कुरा गर्न चाहनुहुन्छ बताउनुहोस्।