लामखुट्टे र उनीहरूले सार्ने रोगविरुद्ध तपाईंको उत्तम सुरक्षा भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो। टोकाइबाट कसरी बच्ने भनेर जान्नुहोस् – स्प्रे गर्नुहोस्, ढाक्नुहोस्, सफा गर्नुहोस्, जाली लगाउनुहोस्!
लामखुट्टेहरू मानिस र जनावरहरूले सास फेर्ने कार्बन डाइअक्साइडप्रति आकर्षित हुन्छन्, र हाम्रो शरीरको तापले पनि लामखुट्टेहरूलाई हामी कहाँ छौं भनेर पत्ता लगाउन मद्दत गर्दछ। केही मानिसहरूलाई अरूको तुलनामा बढी टोक्नुको कारण स्पष्ट छैन, तर मानिसहरूको छालाको गन्धले टोक्ने सम्भावनालाई असर गर्न सक्छ भनेर सुझाव दिने केही प्रमाणहरू छन्।
लामखुट्टेहरू बिहान र बेलुका, र साँझमा धेरै सक्रिय हुन्छन्। टोकिने जोखिम कम गर्न यी समयमा सावधानी अपनाउनुहोस्।
लामखुट्टेहरू गाढा लुगा लगाएका मानिसहरूप्रति बढी आकर्षित हुन्छन् किनकि हल्का रङका लुगाहरूको तुलनामा गाढा र कालो लुगाहरू पत्ता लगाउन उनीहरूका लागि सजिलो हुन्छ।
हल्का रङको लुगाले धेरै लामखुट्टेहरूलाई आकर्षित गर्दैन, तर यदि तपाईंले विकर्षक लगाउनु भएको छैन भने फेरि पनि तपाईंलाई टोक्न सक्छ।
लगाउन मिल्ने लामखुट्टे विकर्षक उपकरणहरू (प्याच वा नाडी ब्यान्डसहित), वा अल्ट्रा-सोनिक उपकरणहरू र मोबाइल फोन एपहरूले लामखुट्टेबाट प्रभावकारी सुरक्षा प्रदान गर्दैन।
तपाईंले गर्नसक्ने सबैभन्दा प्रभावकारी कुरा भनेको DEET, picaridin, वा lemon eucalyptus को तेल भएको टपिकल कीरा विकर्षक लागू गर्नु र लामो, खुकुलो लुगा लगाउनु हो।
लामखुट्टेलाई टोक्नबाट रोक्ने निश्चित प्रकारका खाना र पेय पदार्थहरूलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण छैन। तपाईंको आँगनमा लामखुट्टेहरू कम गर्नु र विकर्षक र सुरक्षात्मक लुगाहरू जस्ता व्यक्तिगत सुरक्षा प्रयोग गर्नु राम्रो हुन्छ।
डायथाइलटोलुमाइड (diethyltoluamide) (DEET), पिकारिडिन (picaridin), वा lemon eucalyptus को तेल समावेश गर्ने टपिकल कीट विकर्षक लामखुट्टेविरुद्धको सबैभन्दा प्रभावकारी विकर्षक हो। यी सामग्रीहरू विकर्षक सूत्रहरूको लेबलमा सूचीबद्ध छन्। विकर्षकको शक्तिले सुरक्षाको अवधि निर्धारण गर्दछ, जसमा उच्च सांद्रताले लामो समयसम्म सुरक्षा प्रदान गर्दछ। पुन: लगाउने समयको लागि सधैं लेबल जाँच गर्नुहोस्।
लामखुट्टे रिस्टब्यान्ड र प्याचहरू सिफारिस गरिँदैन किनकि यसले लामखुट्टेको टोकाइबाट राम्रो सुरक्षा प्रदान गर्दछ भन्ने कुनै प्रमाण छैन।
छालाका सबै देखिएका क्षेत्रहरूमा समान रूपमा पातलो तहमा लगाइएको र तपाईंको छालामा रगडिएको निश्चित गर्नुहोस्। केही भागहरुमा मात्र नदल्नुहोस् किनकि यसले पूर्ण सुरक्षा सुनिश्चित गर्दैन।
आँखा र मुख नजिक, वा खुला घाउ, फुटेको छाला वा धसिएको ठाउँमा विकर्षक नलगाउनुहोस्। सधैं उत्पादन लेबलको निर्देशनहरू पालना गर्नुहोस्।
यदि तपाईं सनस्क्रीन प्रयोग गर्दै हुनुहुन्छ भने, पहिले सनस्क्रीन लगाउनुहोस् र त्यसपछि विकर्षक लगाउनुहोस्। साना बच्चाहरूलाई उनीहरुको आफ्नै विकर्षक लगाउन कहिले पनि अनुमति नदिनुहोस्।
विकर्षकको शक्तिले सुरक्षाको अवधि निर्धारण गर्दछ, जसमा उच्च सांद्रताले लामो समयसम्म सुरक्षा प्रदान गर्दछ। उत्पादन निर्देशनअनुसार वा जब तपाईं लामखुट्टेले टोकेको देख्नुहुन्छ भने विकर्षकलाई पुनः लगाइहाल्नुहोस्।
पसिना आउनेबित्तिकै विकर्षकको प्रभावकारिता कम हुन्छ, त्यसैले कडा मेहनती गतिविधि वा गर्मी मौसममा यसलाई अधिक बारम्बार पुनः लगाउन आवश्यक पर्दछ। पौडी खेलेपछि लामखुट्टे विकर्षक पनि पुनः प्रयोग गर्न आवश्यक छ।
विकर्षकहरूले तपाईंको छाला फेला पार्न र टोक्नबाट रोक्नको लागि गन्ध र स्वादजस्ता लामखुट्टेका इन्द्रियहरूलाई भ्रमित गरेर काम गर्छन्।
फ्लाई स्प्रेको जस्तो नभई, स्प्रे विकर्षकहरूले लामखुट्टेलाई तपाईंलाई टोक्नबाट रोक्छ, तर यसले तिनीहरूलाई मार्दैन। विकर्षकहरूले उनीहरूले ढाक्ने क्षेत्रहरूलाई मात्र सुरक्षित राख्छन् - लामखुट्टेले असुरक्षित छालाको कुनै पनि सानो भाग भेट्टाउनेछ, त्यसैले तपाईंले यसलाई समान रूपमा लगाइएको सुनिश्चित गर्न आवश्यक छ।
DEET, picaridin र lemon eucalyptus को तेल समावेश गर्ने कीट विकर्षकहरू सुरक्षित र प्रभावकारी सावित भएका छन्। तिनीहरू अष्ट्रेलियाली कीटनाशक र पशु चिकित्सा औषधि प्राधिकरण (Australian Pesticides and Veterinary Medicines Authority) (APVMA) मा दर्ताभएका छन् जसले उत्पादनहरू सुरक्षित र प्रभावकारी छन् भनेर जाँच गर्दछ। लामखुट्टे ब्यान्ड वा प्याचले लामखुट्टेको बिरूद्ध काम गर्छ भन्ने कुनै प्रमाण छैन, र प्राकृतिक विकर्षकहरूले सीमित सुरक्षा मात्र प्रदान गर्दछ।
तपाईंले अनुमोदित उत्पादनहरू प्रयोग गर्ने र लेबलमा दिइएका निर्देशनहरू पढ्ने निश्चित गर्नुहोस्।
अधिकांश विकर्षकहरू निर्देशन अनुसार प्रयोग गर्दा ३ महिना र माथिका बच्चाहरूमा प्रयोगको लागि सुरक्षित हुन्छन्, यद्यपि केही सूत्रहरू १२ महिना र माथिका बच्चाहरूका लागि मात्र सिफारिस गरिन्छ – सधैं सिफारिस गरिएको उमेर प्रयोगको लागि उत्पादन लेबल जाँच गर्नुहोस्। सबैभन्दा प्रभावकारी विकर्षकहरूमा पिकारिडिन, DEET वा lemon eucalyptus तेल हुन्छ।
दिनको समयमा बच्चाहरूलाई जोगाउन प्रत्येक बिहान विकर्षक लगाउनुहोस्। बच्चाहरूलाई यसलाई आफैं लगाउन नदिनुहोस् र सधैं लेबल निर्देशनहरू पढ्नुहोस्।
सिट्रोनेला, eucalyptus, चिया रूखको तेल र अन्य ‘प्राकृतिक‘ सूत्रहरूजस्ता प्राकृतिक विकर्षकहरूले सामान्यतया लामखुट्टेको टोकाइबाट धेरै सीमित सुरक्षा प्रदान गर्दछ।
अष्ट्रेलियामा बेचिएका सबै कीट विकर्षकहरू अष्ट्रेलियाली कीटनाशक र पशु चिकित्सा औषधि प्राधिकरण (APVMA) सँग दर्ता हुनुपर्दछ, जसले उत्पादनहरू सुरक्षित र प्रभावकारी छन् भनेर जाँच गर्दछ। APVMA मा दर्ता नगरिएका उत्पादनहरूको प्रयोगले प्रतिकूल छाला प्रतिक्रियाहरूको ठूलो जोखिम निम्त्याउन सक्छ।
तपाईंको घरवरिपरि लामखुट्टेहरूको संख्या कम गर्ने उत्तम तरिका निम्न हो:
धेरैजसो लामखुट्टेको टोकाइलाई साबुन र पानीले टोकेको ठाउँ धुँदा वा दुखाइ र सूजन कम गर्न बरफको प्याक लगाएर व्यवस्थापन गर्न सकिन्छ। एन्टिहिस्टामाइन क्रीमले पनि चिलाउने हटाउन सक्छ। तपाईंले उत्पादन लेबलको निर्देशनहरू पालना गरेको सुनिश्चित गर्नुहोस् ।
यसले छाला फुट्न र संक्रमण निम्त्याउन सक्ने हुनाले टोकेको ठाउँलाई चिलाउनबाट जोगाउनु होस्। संक्रमित टोकाइको लक्षणहरूमा सुन्निने, दुखाइ, रातोपन र सूजन समावेश छ। यदि तपाईंलाई लाग्छ कि टोकाइ संक्रमित छ भने, आफ्नो फार्मासिष्टको मद्दत लिनुहोस्।
यदि लामखुट्टेले टोकेपछि, तपाईंलाई कुनै दाग आउँछ, फ्लुको जस्तो लक्षण जस्तै ज्वरो, चिसो हुने, टाउको दुख्ने, जोर्नी वा मांसपेशी दुख्ने (सूजन वा कठोरता), थकान, वा तपाईं सामान्यतया अस्वस्थ महसुस गर्नुहुन्छ भने, तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोस्, वा आपतकालीन अवस्थामा ट्रिपल शून्य (000) मा कल गर्नुहोस् वा तपाईंको नजिकको आपतकालीन विभागमा जानुहोस्।
यात्रा वा क्याम्पिंगको समयमा लामखुट्टेको टोकाइबाट बच्ने उत्तम तरिका हो:
टोकाइ रोकथामका स्रोतहरू