जङ्गली च्याउ खाँदा तपाईं निकै बिरामी हुन सक्नुहुन्छ वा मृत्यु समेत हुन सक्छ। कुन जङ्गली च्याउ विषालु हो भनेर छुट्टाउने सजिलो तरिका हुँदैन।
केवल विश्वसनीय सुपरमार्केट, किराना पसल वा बजारबाट किनेका च्याउ मात्र खानुहोस्।
यदि तपाईंलाई आफूले वा अरू कसैले विषालु च्याउ खाएको जस्तो लागेमा:
च्याउ ढुसी (फङ्गस) को फल दिने भाग हो। यी प्रायः माटोमाथि उम्रिन्छन्। अस्ट्रेलियामा ढुसी (फङ्गस) का धेरै प्रकारहरू छन्। विभिन्न प्रकारका ढुसी (फङ्गस) का केही च्याउहरू एक अर्कासँग धेरै मिल्दोजुल्दो देखिन सक्छन्, जसले गर्दा कुन च्याउ विषालु हो भनेर छुट्टाउन गाह्रो हुन्छ।
केही जङ्गली च्याउमा विष हुन्छ, जसलाई खाएमा मानिस बिरामी हुन सक्छ। यसलाई च्याउ विषाक्तता (mushroom poisoning) भनिन्छ। एनएसडब्लूमा पाइने सबैभन्दा खतरनाक च्याउमध्ये एक डेथ क्याप च्याउ (Death Cap mushroom – Amanita phalloides) हो। डेथ क्याप च्याउ खाँदा मृत्यु हुन सक्छ।
मानिसहरूले प्रायः खाने योग्य च्याउ ठानेर झुक्किएर विषालु जङ्गली च्याउ खाँदा च्याउ विषाक्तता हुन्छ। उदाहरणका लागि, डेथ क्याप च्याउ प्याडी स्ट्रो च्याउ (Paddy Straw mushroom; Volvariella volvacea) जस्तै देखिन सक्छ।
च्याउ पकाउँदा, पानीमा भिजाउँदा, बोक्रा हटाउँदा वा सुकाउँदा पनि यसको विष हट्दैन।
सामान्य लक्षणहरूमा निम्न कुराहरू समावेश छन्:
केही च्याउहरूले कलेजो वा मिर्गौलामा क्षति पुर्याउन सक्छन् र मृत्यु पनि हुन सक्छ।
च्याउ खाएको ३० मिनेटदेखि २४ घण्टासम्मको अवधिमा तपाईं बिरामी पर्न सक्नुहुन्छ। यो समय च्याउको प्रकार, खाएको मात्रा र तपाईंको सामान्य स्वास्थ्य अवस्थामा निर्भर गर्छ।
जो कोहीलाई पनि च्याउ विषाक्तता हुन सक्छ।
तर साना बालबालिकाहरू बढी जोखिममा हुन्छन्, किनकि उनीहरूले बगैँचा वा पार्कमा भेटिएका च्याउ लगायत विभिन्न वस्तुहरू मुखमा हाल्ने बानी हुन्छ।
विष जानकारी केन्द्र (Poisons Information Centre) मा तुरुन्तै १३ ११ २६ नम्बरमा फोन गर्नुहोस् (२४ ऐ घण्टा, हप्ताको ७ ऐ दिन उपलब्ध)। लक्षणहरू कुरेर नबस्नुहोस्।
सम्भव भएमा च्याउको फोटो खिच्नुहोस् वा पहिचान गर्न सहयोग हुने नमुना सुरक्षित राख्नुहोस्।
आपतकालीन अवस्थामा तीन वटा शून्य (Triple Zero: 000) मा फोन गर्नुहोस् अथवा आपतकालीन विभागमा जानुहोस्।