खोपहरू निः शुल्क र सुरक्षित छन् र साथै NSW खोप तालिकाअनुसार समयमै दिइएमा सबै भन्दा प्रभावकारी हुन्छन्। बच्चाहरूलाई दिइने प्रत्येक खोपको समय सावधानीपूर्वक चयन गरिएको छ ताकि बच्चालाई सके सम्म सानै उमेरमा उत्तम सुरक्षा प्रदान गर्न सकियोस्।
तपाईंको बच्चालाई खोप लगाउनाले:
तपाईंको बच्चालाई यी उमेरमा खोप लगाउनु पर्छ:
तपाईंको बच्चाको अर्को खोप कहिले लगाउने भनेर पत्ता लगाउन NSW खोप तालिका हेर्नुहोस्।
तलको QR कोड स्क्यान गर्नुहोस् वा health.nsw.gov.au/vaccinate हेर्नुहोस्।
NSW मा 94% भन्दा बढी बालबालिकाहरूले पूर्ण रूपमा खोप लगाएका छन्!
यदि तपाईंको बच्चालाई रूघा वा हल्का चिसो लागेको छ भने पनि सामान्यतया खोपहरू लगाउन सकिन्छ। आफ्नो बच्चालाई तालिका अनुसारको खोप लगाएको सुनिश्चित गर्नआफ्नो डाक्टर वा नर्ससँग कु रा गर्नुहोस्।
खोपहरू सुरक्षित छन्, तर सुर्इलगाएको ठाउँमा सुन्निने वा रातोपन जस्ता हल्का साइड इफेक्टहरू कहिलेकाँही हुन सक्छन्। यदि तपाईं चिन्तित हुनुहुन्छ भने, कृ पया आफ्नो डाक्टर र नर्ससँग कु रा गर्नुहोस्।
6 महिनादेखि 5 वर्ष मुनिका बच्चाहरूको लागि फ्लू खोप निःशुल्क छ। यसले गम्भीर फ्लूबाट बचाउँछ र वार्षिक रूपमा अद्यावधिक गर्न आवश्यक छ। तपाईंको डाक्टर र नर्सलाई फ्लू खोपको बारेमा सोध्नुहोस्।
बच्चाहरूले सुरक्षित रूपमा एक पटकमा धेरै खोपहरू लगाउन सक्छन्, जसले गर्दा उनीहरूलाई खोपहरू लगाउने अतिरिक्त अपोइन्टमेन्टहरू बिना सुरक्षित रहन मद्दत गर्दछ। कुन खोपहरू सँगै दिन सकिन्छ भनेर जाँच गर्न आफ्नो डाक्टर वा नर्ससँग कु रा गर्नुहोस्।
तपाईंलाई बाल हेरचाह, प्रिस्कूल, र स्कूल भर्नाको लागि यो खोप रेकर्डहरू चाहिन्छ। तपाईं कुनै पनि समयमा आफ्नो बच्चाको रेकर्डहरू पहुँच गर्न सक्नुहुन्छ:
खोपहरू निम्न स्थानमा लगाउन सकिन्छ:
खोप सेवा खोज्न मद्दत चाहिन्छ? आफ्नो स्थानीय Public Health Unit (सार्वजनिक स्वास्थ्य इकाई) लाई 1300 066 055 मा फोन गर्नुहोस्।