खोप लगाउनु भनेको आफैलाई र आफ्ना वरपरका मानिसहरूलाई गम्भीर रोगहरूबाट सुरक्षित गर्ने एक सरल तथा प्रभावकारी तरिका हो। खोप लगाउनु भनेको खोपको सुई लगाउनु र खोप लगाएपछि रोग प्रतिरोधात्मक बन्ने प्रक्रिया हो। विश्व स्वास्थ्य संगठनका अनुसार, रोगबाट बच्न र जीवन बचाउन खोप एक उत्तम तरिका हो।
केही खोपहरूले भविष्यमा हुने स्वास्थ्य समस्याहरू रोक्न पनि मद्दत गर्दछन्। उदाहरणका लागि, मानव पेपिलोमाभाइरस (HPV) खोपले केही क्यान्सरहरूको जोखिम कम गर्दछ।
खोप लगाउँदा तपाईंलाई मात्र होइन, यसले अरूलाई पनि सुरक्षा दिन्छ। राष्ट्रिय खोप कार्यक्रमले धेरै रोगहरू विरुद्ध निःशुल्क खोपहरू प्रदान गर्दछ। तपाईंको स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नुहोस् र राष्ट्रिय खोप कार्यक्रमका बारेमा थप जानकारी प्राप्त गर्नुहोस्: Australian Government website
खोपले तपाईंलाई तपाईंको जीवनको हरेक चरणमा स्वस्थ राख्न मद्दत गर्दछ। तपाईंलाई आवश्यक खोपहरू तपाईंको उमेर, स्वास्थ्य, जीवनशैली र काममा निर्भर गर्दछन्। खोप कहिले लगाउने भन्ने बारे जान्नको लागि अष्ट्रेलिया सरकारको वेबसाइटमा जानुहोस्।
अष्ट्रेलियामा, राष्ट्रिय खोप कार्यक्रम अन्तरगत योग्य समूहहरूका लागि केही खोपहरू निःशुल्क छन्, जसमा निम्न समूहहरू समावेश छन्:
NSW खोप तालिकामा NSW मा निःशुल्क उपलब्ध सबै खोपहरू र लगाउन को योग्य छन् भन्ने जानकारी राखिएको छ।
खोपहरू, सुई वा मौखिक थोपाहरूद्वारा दिइन्छ जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई हानिकारक ब्याक्टेरिया र भाइरसहरू पहिचान गर्न तथा ती विरुद्ध लड्न मद्दत गर्दछन्। भविष्यमा संक्रमणको सामना गर्दा संक्रमणलाई अझ प्रभावकारी र छिटो प्रतिक्रिया दिनेगरि तपाईंको प्रतिरक्षा प्रणालीलाई पनि खोपले तयार गर्छन्।
खतरनाक रोगहरूको सम्पर्कमा आउनु अघि खोप लगाउनाले गम्भीर जटिलताहरू, वा मृत्युसमेत रोक्न मद्दत गर्दछ।
खोप लगाएपछि सुरक्षित हुन सामान्यतया 1 देखि 3 हप्तासम्म लाग्छ। धेरैजसो खोपहरूले केही मात्रा लिएपछि दीर्घकालीन सुरक्षा प्रदान गर्दछन्। यद्यपि, केही खोपहरू, जस्तै इन्फ्लूएन्जा (फ्लू) खोपले छोटो अवधिको सुरक्षा प्रदान गर्दछ र त्यसैले यो खोप प्रत्येक वर्ष एक डोज लिन आवश्यक पर्दछ।
केही खोपहरू, जस्तै COVID -19 र इन्फ्लुएन्जा (फ्लू) ले तपाईंलाई रोग लाग्नबाट बचाउन नसकेपनि यिनीहरूले तपाईंको लक्षणहरूको गम्भीरता र जटिलताको जोखिम कम गर्न सक्छ।
खोपले तपाईं र तपाईंका प्रियजनहरूलाई कसरी बचाउँछ भन्ने बारे थप जानकारीको लागि, यहाँ जानुहोस्: healthdirect - Immunisation or vaccination - what's the difference?
जब समुदायका धेरै व्यक्तिहरू रोगबाट प्रतिरक्षित हुन्छन् (अघिल्लो खोप वा रोगको माध्यमबाट), यसले रोग फैलिनबाट जोगाउँछ। यसलाई समूहगत प्रतिरोधात्मक क्षमता भनिन्छ।
समूहगत प्रतिरक्षाले समुदायमा असुरक्षित मानिसहरूलाई अप्रत्यक्ष रूपमा संरक्षण गरेर मद्दत गर्दछ। यसमा साना बच्चाहरू र निश्चित स्वास्थ्य अवस्था भएका व्यक्तिहरू पर्दछन्। त्यसकारण, खोप लगाउनु तपाईंको लागि मात्र राम्रो कुरा होइन, यसले तपाईंको वरपरका मानिसहरूलाई पनि सुरक्षा दिन्छ।
अष्ट्रेलियामा, सबै खोपहरू प्रयोगको लागि सुरक्षित र प्रभावकारी छन् भनी सुनिश्चित गर्न थेराप्युटिक गुड्स एडमिनिस्ट्रेशन (Therapeutic Goods Administration (TGA) द्वारा कडा मूल्याङ्कन गरिन्छ। स्वीकृत भएपछि, खोप सुरक्षाको निरन्तर अनुगमन गरिन्छ। यसमा TGA वा AusVaxSafety प्रणालीमा साइड इफेक्ट वा प्रतिकूल घटनाहरूको प्रत्यक्ष रिपोर्टिङ समावेश छ।
अन्य औषधिहरू जस्तै, खोपहरूले हल्का छोटो - साइड इफेक्टहरू निम्त्याउन सक्छन्। खोपहरूले गम्भीर साइड इफेक्टहरू निम्त्याउनु धेरै दुर्लभ छ। यदि तपाईं खोप लगाएपछि सम्भावित साइड इफेक्टहरूको बारेमा चिन्तित हुनुहुन्छ भने आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नुहोस्।
खोपहरू कसरी विकास, परीक्षण र अनुगमन गरिन्छ भन्ने बारे थप जान्नको लागि, यहाँ जानुहोस्:
खोपको बारेमा तपाईँले प्रश्नहरू राख्नु जायज हो र खोप लगाउने आफ्नो निर्णयमा तपाईँले विश्वस्त महसुस गर्नु महत्त्वपूर्ण हुन्छ। तपाईंका खोप सम्बन्धी प्रश्नहरूको भरपर्दो, प्रमाण - आधारित जवाफहरू अनलाइनमा फेला पार्न गाह्रो हुन सक्छ, तर सुरुवात गर्नका लागि उत्तम ठाउँ भनेको यो पृष्ठमा उपलब्ध लिंकहरू पढ्नु र तपाईंको स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नु हो।
तपाईं आफ्नो खोपको साथ अद्यावधिक हुनुहुन्छ कि छैन भनेर जाँच गर्नका लागि आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नुहोस्। तपाईंले मेडिकेयर वा myGov मार्फत वा 1800 653 809 मा अष्ट्रेलियन खोप रजिस्टरमा फोन गरेर पनि आफ्नो खोप रेकर्ड प्राप्त गर्न सक्नुहुन्छ।
अष्ट्रेलियामा प्रयोग गरिएका खोपहरू सुरक्षित छन् र थेराप्युटिक गुड्स एडमिनिस्ट्रेशन ( Therapeutic Goods Administration- TGA) द्वारा प्रयोगको लागि स्वीकृत हुनु अघि कडा सुरक्षा परीक्षण पास गर्नुपर्छ। TGA ले खोपहरू प्रयोगमा आएपछि पनि उनीहरूको सुरक्षा अनुगमन गर्दछ। खोप सुरक्षाको बारेमा थप जानकारीका लागि हेर्नुहोस्:
खोपको सबैभन्दा सामान्य साइड इफेक्ट भनेको इंजेक्शन लगाएको ठाउँमा ज्वरो र दुखाइ, सुन्निनु वा रातोपन देखिनु हो। धेरै जसो साइड इफेक्टहरू हल्का हुन्छन् र केही दिन पछि आफैं हराएर जान्छन्। एनाफिलेक्सिस (anaphylaxis) जस्ता गम्भीर साइड इफेक्टहरू अत्यन्तै दुर्लभ हुन्छन्।
यदि तपाईं खोप लगाएपछि कुनै साइड इफेक्टको बारेमा चिन्तित हुनुहुन्छ भने, तपाईंले आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई सम्पर्क गर्नुपर्छ।
रोकथाम गर्न सकिने रोगहरूबाट समुदायलाई बचाउनका लागि खोप सबैभन्दा प्रभावकारी सार्वजनिक स्वास्थ्य उपाय हो भन्ने कुराको प्रबल प्रमाण छ। कुनै पनि औषधी वा खोप १०० % प्रभावकारी नभए पनि खोपले व्यक्ति र वरपरका मानिसहरूलाई रोग वा गम्भीर रोगबाट बचाउँदै उच्चतम सुरक्षा प्रदान गर्दछ।
तपाईंलाई संक्रमणबाट बचाउनका लागि तपाईंको प्रतिरक्षा प्रणालीलाई एन्टिबडीहरू विकास गर्न सहयोग पुर्याउन तपाईंलाई सुई वा मौखिक ड्रपहरूद्वारा खोप दिइन्छ। भविष्यमा संक्रमणको सामना गर्दा संक्रमणलाई अझ प्रभावकारी र छिटो प्रतिक्रिया दिनेगरि तपाईंको प्रतिरक्षा प्रणालीलाई पनि खोपले तयार गर्छन्।
खतरनाक रोगहरूको सम्पर्कमा आउनु अघि खोप लगाउनुले गम्भीर जटिलताहरू, वा मृत्युसमेत रोक्न मद्दत गर्दछ।
तपाईंले केही संक्रमणहरूबाट प्राकृतिक प्रतिरक्षा विकास गर्न सक्नुहुन्छ। यद्यपि, खोकी र दादुरा जस्ता केही संक्रमणहरूले गम्भीर रोग, दीर्घकालीन जटिलता वा मृत्यु निम्त्याउन सक्छन्। खोपले तपाईंलाई रोगको जोखिममा पर्न नदिई संक्रमणबाट बचाउँछ।
केही खोप - रोकथाम योग्य रोगहरू, जस्तै खोकी र फ्लू, अष्ट्रेलियामा सामान्य रहन्छन्। अन्य, जस्तै खसरा र डिप्थीरिया (measles and diphtheria) यहाँ कम सामान्य छन् तर अझै पनि सामान्यतया: प्रशान्त र दक्षिणपूर्व एशिया सहित विदेशमा पाइन्छ। खोपले यात्रुहरूद्वारा अष्ट्रेलियामा ल्याउन सकिने वा विदेश यात्रा गर्दा वा परिवारको भ्रमण गर्दा अष्ट्रेलियाका बासिन्दाहरूमा लाग्न सक्ने रोगहरूबाट जोगाउन मद्दत गर्दछ।
खोप तालिका विभिन्न उमेर समूहहरूको लागि, जब रोग उनीहरूको लागि सबैभन्दा सामान्य वा सबैभन्दा गम्भीर हुन्छ, त्यस अनुसार गम्भीर संक्रमणहरू बिरूद्ध उच्चतम सुरक्षा प्रदान गर्नका निम्ति सावधानीपूर्वक डिजाइन गरिएको हो। खोप सम्बन्धी अष्ट्रेलियन प्राविधिक सल्लाहकार समूह (ATAGI) ले अष्ट्रेलियामा कहिले र कसलाई खोप लगाउने भन्ने बारे सिफारिसहरूको विकास गर्दछ।
खोप लगाउन ढिलाइले तपाईंलाई वा तपाईंको प्रियजनहरूलाई गम्भीर रोगहरूबाट असुरक्षित बनाउँछ। यसले साना बच्चाहरू, वृद्ध व्यक्तिहरु, र कमजोर प्रतिरक्षा प्रणाली भएकाहरू जस्ता गम्भीर रोगको उच्च जोखिममा रहेकाहरूलाई हानि पुर्याउन सक्छ।
केही खोपहरू अन्य खोपहरूसँग एकै समयमा दिन सकिन्छ। उदाहरणका लागि, 18 महिनाको उमेरमा, बच्चाहरूलाई 8 संक्रमणहरूबाट जोगाउनका लागि 3 विभिन्न खोपहरू लगाउन सिफारिस गरिन्छ। एकै पटकमा धेरै खोपहरू लगाउनु सुरक्षित छ र प्रतिरक्षा प्रणालीको लागि एक खोप मात्र लगाएको भन्दा बढी तनावपूर्ण हुँदैन। एकै समयमा कुन-कुन खोप लगाउन सकिन्छ भनेर पत्ता लगाउन आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नुहोस्।
केही खोपहरू जस्तै दादुरा- मम्प्स - रुबेला र चिकनपक्सले दीर्घकालीन सुरक्षा प्रदान गर्दछन्। इन्फ्लुएन्जा (फ्लू) जस्ता अन्य भाइरसहरू समयसँगै परिवर्तन हुन्छन्। यसको मतलब समुदायमा हालको अवस्थासँग मेल खाने अतिरिक्त खोपको मात्रा तपाईंलाई उच्चतम सुरक्षा प्राप्त गर्न मद्दतका सिफारिस गरिन्छ।
राष्ट्रियवाराज्य-वित्तपोषितकार्यक्रमहरूमासमावेशनगरिएकाखोपहरूआवश्यकपरेमानिजीरूपमाखरिदगर्नसकिन्छ।
कुन खोपहरू निजी रूपमा खरिद गर्न सकिन्छ भन्ने बारेमा आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नुहोस्।
यदि तपाईंसँग थप प्रश्नहरू छन् भने आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नुहोस् वा निम्न वेबसाइटहरूमा जानुहोस्: