कार्बन मोनोअक्साइड एक खतरनाक ग्याँस हो। सास फेर्दा यो ग्याँस शरीरभित्र छिर्यो भने तपाईंलाई बिरामी बनाउन सक्छ वा ज्यान लिन पनि सक्छ।
तपाईँको वरिपरी कार्बन मोनोअक्साइड छ कि छैन भनेर जान्न गाह्रो छ - तपाईंले यसलाई देख्न, सुँघ्न वा सुन्न सक्नुहुन्न।
कार्बन मोनोअक्साइडबाट जोकोही पनि बिरामी हुन सक्छ।
केही व्यक्ति अरूभन्दा बढी बिरामी हुन सक्छन्। यसमा निम्न व्यक्तिहरू पर्छन्:
कार्बन मोनोअक्साइड ईन्धन जलाउँदा निस्किन्छ, जस्तै:
प्रायः घरहरूमा यी ईन्धनहरू जलाईन्छ , जसले गर्दा कार्बन मोनोअक्साइड बन्छ।
कार्बन मोनोअक्साइड तपाईंको घर भित्रै रहन सक्छ, विशेष गरी ढोका र झ्यालहरू बन्द हुँदा। यसले कार्बन मोनोअक्साइडलाई खतरनाक स्तरसम्म पुर्याउन सक्छ।
तपाईंको घरभित्र बारबेक्यू, ग्रिल वा बाहिरी ग्यास हीटरहरू नल्याउनुहोस्। यी सामानहरू बाहिरी प्रयोगको लागि मात्र हुन्। यी वस्तुहरूले प्राकृतिक ग्यास, काठ, र चारकोल (मोती वा ईट्टा) जस्ता ईन्धनहरू जलाउँछन्।
यदि तपाईं यी वस्तुहरू घरभित्र प्रयोग गर्नुहुन्छ भने, कार्बन मोनोअक्साइड द्रुत रूपमा खतरनाक स्तरसम्म पुग्न सक्छ।
तपाईंले यस्ता वस्तुलाई भित्र वा बाहिर प्रयोग गर्ने भनेर जानकारी लिनका लागि उक्त वस्तुमा दिइएका निर्देशनहरू हेर्नुहोस्।
ढोका वा झ्याल खुल्ला भएको अवस्थामा पनि तपाईंको घर वा ग्यारेज भित्र पेट्रोल इन्जिन भएको वस्तुहरू प्रयोग नगर्नुहोस्।
पेट्रोल इन्जिन हुन सक्ने केही वस्तुहरू हुन्:
यदि तपाईं आफ्नो घरमा ग्यास हीटर प्रयोग गर्नुहुन्छ भने:
यदि तपाईंले आफ्नो घरमा कार्बन मोनोअक्साइड अलार्म राख्ने निर्णय गर्नुभयो भने, तपाईंले:
कार्बन मोनोअक्साइडबाट देखिने बिमारीको लक्षणहरू जान्नु उपयोगी हुन्छ।
तपाईंले जति धेरै कार्बन मोनोअक्साइड सास बाट लिनुहुन्छ, बिमारीका लक्षणहरू त्यति नै खराब हुन्छन्।
यो ग्यासमा थोरै मात्रामा सासबाट लिँदा निम्न स्थिती हुन सक्छ:
यो ग्यासमा ठूलो मात्रामा सासबाट लिनाले निम्न स्थिती हुन सक्छ:
यदि कसैलाई चक्कर लागेको छ वा बेहोश भएको छ वा चेतना गुमाएको छ भने, यो आपतकालीन अवस्था हो। तीन शून्य (000) मा फोन गर्नुहोस्।
यदि कसैलाई टाउको दुखाइ, वाकवाकी वा बान्ता भएको छ वा कमजोर महसुस भएको छ भने:
सबैलाई घरबाट बाहिर ताजा हावामा निकाल्नुहोस्।
कुनै पनि समयमा सल्लाहको लागि विषादी सूचना केन्द्र (Poisons Information Centre) लाई 13 11 26 मा फोन गर्नुहोस्।
यदि तपाईंलाई दोभाषे चाहिन्छ भने , TIS लाई 131 450 मा फोन गर्नुहोस् र विषादी सूचना केन्द्रमा कुरा गर्न भन्नुहोस्।
तपाईंको घर न्यानो बनाउने सुरक्षित तरिकाहरूको बारेमा थप जान्नको लागि यी वेबसाइटहरू हेर्नुहोस्: