COVID-19, ले अन्य धेरै भाइरसहरू जस्तै, खोकी वा थकानजस्ता निरन्तर रहिरहने लक्षणहरू निम्त्याउन सक्छ। यद्यपि, धेरै मानिसहरू केही हप्तामा निको हुन्छन्।
Long COVID एक अवस्था हो जहाँ मानिसहरूलाई COVID-19लागेपछि कम्तिमा ३ महिनासम्म दीर्घकालीन लक्षणहरू हुन्छन्, जुन कम्तिमा २ महिनासम्म जारी रहन्छ। Long COVID को लागि कुनै परीक्षण छैन। डाक्टरहरूले यसको निदान गर्न समान लक्षणहरू भएका अन्य अवस्थाहरूलाई छुट्याउनु पर्छ।
Long COVID कसरी विकसित हुन्छ, को जोखिममा छ भनि खोजी गर्ने र त्यसका उपचारका विकल्पहरू पत्ता लगाउन अनुसन्धान जारी छ। Long COVID बाट बच्ने उत्तम तरिका भनेको COVID-19बाट आफूलाई बचाउनु हो ।
Long COVID लक्षणहरू हल्का वा गम्भीर हुन सक्छन्। वयस्कहरूमा देखापर्ने सामान्य लक्षणहरूमा निम्न समावेश छन्:
बच्चाहरूमा Long COVID कम सामान्य हुन्छ। १६ वर्ष वा सोभन्दा कम उमेरका बच्चाहरू र किशोरकिशोरीहरूमा, निम्न लक्षणहरू समावेश हुन्छन्:
Long COVID र फोक्सो, मुटु वा स्नायुसम्बन्धी समस्याहरू जस्ता समान अवस्थाहरू बीचको भिन्नता बताउन गाह्रो हुन सक्छ। त्यसकारण, यदि तपाईं चिन्तित हुने लक्षणको अनुभव गर्नुभयो भने तपाईंले आफ्नो डाक्टरसँग कुरा गर्नु महत्त्वपूर्ण छ।
यदि तपाईंमा लक्षणहरू देखिएका छन् भने पनि Long COVID संक्रामक छैन ।
COVID -19 भएका अधिकांश मानिसहरू केही दिन वा हप्ताहरूमा निको हुन्छन्, तर केही व्यक्तिहरूले हप्ता वा महिनासम्म लक्षणहरू अनुभव गर्न सक्छन्। जब लक्षणहरू कम्तिमा ३ महिनासम्म जारी रहन्छ, यो Long COVIDहुन सक्छ।
थोरै संख्यामा मानिसहरूमा १२ वा बढी महिनासम्म Long COVID का लक्षणहरू हुन सक्छन् ।
हालको अध्ययनहरूले देखाउँदछ कि Long COVID निम्न अवस्थामा बढी सामान्य छ:
Long COVID का अधिकांश लक्षणहरू घरमा व्यवस्थापन गर्न सकिने भए पनि, लक्षणहरूले मानिसहरूलाई फरक तरिकाले असर गर्न सक्छ। यदि तपाईं आफ्ना लक्षणहरूको बारेमा चिन्तित हुनुहुन्छ भने डाक्टरसँग कुरा गर्नु महत्त्वपूर्ण छ।
Long COVID उपचारको उद्देश्य लक्षणहरू र कुनै पनि जटिलताहरू व्यवस्थापन गर्नु हो। Long COVIDलागि कुनै एकल उपचार छैन। यदि तपाईंलाई Long COVID छ भने, आराम गर्नु र तपाईं निको हुँदैगर्दा धेरै थकित हुने गतिविधिहरूबाट बच्नु महत्त्वपूर्ण छ।
एक डाक्टरले तपाईंलाई घरमै लक्षणहरू कसरी व्यवस्थापन गर्ने भनेर मार्गदर्शन गर्नेछ वा तपाईंलाई विशेषज्ञकहाँ पठाउनेछ ।
Long COVID बाट आफूलाई बचाउने उत्तम तरिका भनेको COVID-19बाट संक्रमित नहुनु हो। तपाईं COVID सुरक्षित व्यवहार अभ्यास गरेर आफूलाई बचाउन सक्नुहुन्छ: