इन्टरफेरोन गामा रिलिज एसे (IGRA) कुनै व्यक्तिलाई क्षयरोग (TB) संक्रमण छ कि छैन भनेर हेर्नको लागि गरिने रगत परीक्षण हो। क्षयरोग लाग्नु भन्दा अगाडिनै क्षयरोगको संक्रमण हुन्छ।
TB संक्रमण (निष्क्रिय TB संक्रमण वा 'सुषुप्त' TB को रूपमा पनि चिनिन्छ) त्यतिबेला हुन्छ जब तपाईंको शरीरमा TB का कीटाणुहरू हुन्छन् तर तपाईंलाई बिरामी बनाएको हुँदैन। तपाईंको शरीरको प्रतिरक्षा प्रणालीले क्षति पुर्याउने कीटाणुहरूलाई रोकिरहेको हुन्छ। क्षयरोगको सङ्क्रमण हुँदा कुनै लक्षणहरू देखिदैनन् र कीटाणुहरू अन्य मानिसहरूमा सर्न सक्दैन।
TB संक्रमण, TB रोग भन्दा फरक हो जब TB का कीटाणुहरु सक्रिय हुन्छन् वा संख्या बढ्दै जान्छ अनि तपाईंलाई बिरामी बनाउँछ र तपाईंले अन्य व्यक्तिहरुमा पनि यसको कीटाणुहरु सार्न सक्नुहुन्छ।
यदि IGRA रक्त परीक्षणले तपाईंलाई TB संक्रमण भएको देखाउँछ भने, तपाईंको डाक्टरले TB रोग रोक्नका लागि औषधि तोक्न सक्छ।
TB संक्रमणबारे थप जानकारी यहाँ पाउन सकिन्छ: TB संक्रमण
IGRA एक रगत परीक्षण हो जुन गर्न ४ सानो ट्यूब रगत चाहिन्छ। तपाईंले परीक्षण अघि सामान्य रूपमा खान र पिउन सक्नुहुन्छ। यसले TB निम्त्याउने कीटाणुहरूप्रति शरीरको प्रतिरक्षा प्रतिक्रिया नाप्ने काम गर्छ।
कृपया नर्स वा डाक्टरलाई थाहा दिनुहोस् यदि:
यदि तपाईंको IGRA नतिजा पोजेटिभ आयो भने, तपाईं विगतमा TB का कीटाणुहरूसँग सम्पर्कमा आउनुभएको हुन सक्छ। नेगेटिभ IGRA नतिजाको मतलब तपाईं TB का कीटाणुहरूसँग सम्पर्कमा भएको सम्भावना छैन।
तपाईंको नर्स वा डाक्टरले नतिजाबारे र तपाईंलाई थप परीक्षण वा उपचार चाहिन्छ कि चाहिदैन भन्नेबारे व्याख्या गर्नेछन्।
थप जानकारीका लागि क्षयरोग (TB) तथ्यपत्रहरू हेर्नुहोस्।
तपाईंको भाषामा नि:शुल्क मद्दतको लागि, अनुवादन तथा दोभाषे सेवालाई 13 14 50 मा फोन गर्नुहोस्।