​

​​​​​​​​​​​​​​​​​​​​​​​परिवार तथा समुदायको लागि

TB भनेको के हो?

TB एक संक्रमण हो जुन TB ब्याक्टेरिया वा किटाणुको कारणले गर्दा हुन्छ।

TB हावा मार्फत फैलिन्छ।

TB विशेष एन्टिबायोटिक्सद्वारा निको हुन्छ।

TB का लक्षणहरूमा निम्न पर्न सक्छन्‌

२ हप्ताभन्दा लामो समयसम्म खोकी लाग्ने

खकार वा रगत भएको खोकी

ज्वरो आउने, काम्ने वा राती पसिना आउने

चाँडै वजन घट्‌ने

सधैँ थकान महसुस हुने

भोक नलाग्ने

गाँठा पर्ने वा सुन्निने वा दुख्ने

अव्यक्त वा 'स्लिपिङ्ग' TB

TB का कीटाणुहरू तपाईंको शरीरमा सुप्त रहन सक्छन्‌ र तपाईंलाई बिरामी नबनाउन सक्छन्

तपाईंले स्लिपिङ्ग TB किटाणुहरूअन्य व्यक्तिलाई सार्न सक्नुहुन्न

स्लिपिङ्ग TB ले ब्युँझेर तपाईंलाई  बिरामी बनाउन सक्छ

TB छाला परीक्षण वा रगत परीक्षणले स्लिपिङ्ग TB पत्ता लगाउन सक्छ

TB का किटाणुहरुलाई ब्युँझनबाट रोक्नको लागि विशेष एन्टिबायोटिकको प्रयोग गरेर स्लिपिङ्ग TB को उपचार गर्न सकिन्छ

को बिरामी पर्न सक्छन् ?

TB भएको व्यक्तिसँग बसेका वा समय बिताएका मानिसहरू

स्वास्थ्य अवस्था भएका वा उनिहरुको  रोग प्रतिरोधात्मक प्रणालीलाई असर गर्ने उपचार गरिरहेका मानिसहरू

साना बालबालिका

धेरै TB भएका देशहरूमा जन्मेका वा बसोबास गर्ने मानिसहरू

मैले के गर्नुपर्छ?

तपाईंको GP वा स्थानीय TB क्लिनिकमा  जानुहोस्।

छातीको एक्स-रे गराउनुहोस्‌।

खकारको स्याम्पल (sputum sample) दिनुहोस्।

NSW TB क्लिनिकमा TB परीक्षण र उपचार सबैको लागि निःशुल्क छ

थप जानकारीको लागि health.nsw.gov.au​​ मा जानुहोस्‌।

​

Current as at: Friday 16 October 2026
Contact page owner: Communicable Diseases