ट्युबरकुलिन छाला परीक्षण (TST वा मेनतुक्स परीक्षण) एक व्यक्तिलाई क्षयरोग (TB) संक्रमण छ कि छैन भनेर हेर्नको लागि गरिएको परीक्षण हो।
TB संक्रमण (निष्क्रिय TB संक्रमण वा 'सुषुप्त' TB को रूपमा पनि चिनिन्छ) त्यतिबेला हुन्छ जब तपाईंको शरीरमा TB का कीटाणुहरू हुन्छन् तर तपाईंलाई बिरामी बनाएको हुँदैन। तपाईंको शरीरको प्रतिरक्षा प्रणालीले क्षति पुर्याउने कीटाणुहरूलाई रोकिरहेको हुन्छ। क्षयरोगको सङ्क्रमण हुँदा कुनै लक्षणहरू देखिदैनन् र कीटाणुहरू अन्य मानिसहरूमा सर्न सक्दैन।
TB संक्रमण, TB रोग भन्दा फरक हो जब TB का कीटाणुहरु सक्रिय हुन्छन् वा संख्या बढ्दै जान्छ अनि तपाईंलाई बिरामी बनाउँछ र तपाईंले अन्य व्यक्तिहरुमा पनि यसको कीटाणुहरु सार्न सक्नुहुन्छ। यदि TST परीक्षणले तपाईंलाई TB संक्रमण भएको देखाउँछ भने, तपाईंको डाक्टरले TB रोग रोक्नका लागि औषधि तोक्न सक्छ।
TB संक्रमणबारे थप जानकारी यहाँ पाउन सकिन्छ: TB संक्रमण
TST मा ट्युबरक्युलिन (शुद्ध पारिएको प्रोटिन डेरिभेटिभ) को एक सानो मात्र सुईमार्फत पाखुरामा लगाइन्छ। केहि दिन पछि, रातो दाग वा गाँठो देखा पर्न सक्छ, वा त्यहाँ कुनै परिवर्तन नहुन सक्छ। एक विशेषज्ञ क्षयरोग नर्सले परीक्षणको ४८-७२ घण्टा पछि सुई लगाएको ठाउँ हेर्न पर्छ।
केही स्वास्थ्य अवस्था र औषधिहरू छन् जसले तपाईंको परीक्षणको नतिजालाई असर गर्न सक्छ। आफ्नो नर्स वा डाक्टरलाई भन्नुहोस् यदि:
TST गरेको ४८-७२ घन्टा पछि विशेषज्ञ नर्स वा डाक्टरले सुई लगाएको ठाउँ हेरेको सुनिश्चित गर्नुहोस् ताकि कुनै पनि प्रतिक्रियाको मूल्याङ्कन र रेकर्ड गर्न सकियोस्। यदि TST नतिजा पोजेटिभ आयो भने, तपाईंलाई केही फलो-अप परीक्षणहरू आवश्यक पर्न सक्छ। तपाईंको नर्स वा डाक्टरले नतिजाबारे र तपाईंलाई थप परीक्षण वा उपचार आवश्यक छ कि छैन भन्नेबारे व्याख्या गर्नेछन्।
थप जानकारीका लागि क्षयरोग (TB) तथ्यपत्रहरू हेर्नुहोस्।
तपाईंको भाषामा नि:शुल्क मद्दतको लागि, अनुवादन तथा दोभाषे सेवालाई 13 14 50 मा फोन गर्नुहोस्।