क्षयरोग रोकथाम उपचार

​​​​​क्षयरोग (TB) संक्रमण के हो?

TB संक्रमण (निष्क्रिय TB संक्रमण वा 'सुषुप्त' TB को रूपमा पनि चिनिन्छ) त्यतिबेला हुन्छ जब तपाईंको शरीरमा TB का कीटाणुहरू हुन्छन् तर तपाईंलाई बिरामी बनाएको हुँदैन। तपाईंको शरीरको प्रतिरक्षा प्रणालीले क्षति पुर्‍याउने कीटाणुहरूलाई रोकिरहेको हुन्छ। क्षयरोगको सङ्क्रमण हुँदा कुनै लक्षणहरू देखिदैनन् र कीटाणुहरू अन्य मानिसहरूमा सर्न सक्दैन।​

TB संक्रमण, TB रोग भन्दा फरक हो जब TB का कीटाणुहरु सक्रिय हुन्छन् वा संख्या बढ्दै जान्छ अनि तपाईंलाई बिरामी बनाउँछ र तपाईंले अन्य व्यक्तिहरुमा पनि यसको कीटाणुहरु सार्न सक्नुहुन्छ।

क्षयरोग रोकथाम उपचार (TPT) भनेको के हो?

TB संक्रमणको लागि TPT विशेष एन्टिबायोटिक हो। विभिन्न प्रकारका एन्टिबायोटिकहरू छन् - तपाईंको डाक्टरले तपाईंको लागि कुन उत्तम हो भनेर निर्णय गर्नेछ सेवन गर्नु पर्ने समयको अवधि सबैका लागि फरक फरक हुन्छ, तर यो धेरै महिनासम्म लिनुपर्छ। एन.एस.डब्ल्यू हेल्थले भिसा वा मेडिकेयरको स्थितिलाई ख्याल नगरी TPT नि:शुल्क उपलब्ध गराउँछ।

के TPT ले TB रोग रोक्छ?

यदि तपाईंले आफ्नो डाक्टरले तोकेको सबै औषधि लिनुभयो भने TPT ले TB रोगको जोखिम ९०% कम गर्न सक्छ। क्षयरोगको कीटाणुबाट पुन: संक्रमित हुने अझै पनि सम्भवन हुन्छ। यदि तपाईं TB बढी भएका देशको यात्रा गर्नुहुन्छ वा TB भएको कसैको वरिपरि हुनुहुन्छ भने यो हुन सक्छ। औषधिले काम गरेको छ कि छैन भनेर परीक्षण गर्ने कुनै तरिका छैन। थाहा पाउने एउटै तरिका भनेको तपाईंको डाक्टरले तोके अनुसारका सबै औषधि लिनु हो।

म बिरामी नहुँदा किन TPT लिनु पर्छ?

TB रोगबाट आफूलाई बचाउने उत्तम तरिका TPT नै हो। यदि डाक्टरले TPT प्रस्ताव गरेको छ भने, तपाईं TB रोगको जोखिममा भएको कारणले हो। TPT ले तपाईं बिरामी हुनु भन्दा पहिलेनै तपाईंलाई TB का कीटाणुहरूबाट बिरामी बनाउनबाट रोक्छ। यसले तपाईंलाई बिरामी हुनबाट र तपाईंको परिवार र समुदायमा रोग फैलाउनबाट रोक्छ।

के औषधिले मलाई बिरामी बनाउँछ?

TPT को साइड इफेक्ट सामान्यतया हुँदैन। तपाईंलाई सबै कुरा ठीक ठाक छ भनी जाँच गर्न रगत परीक्षण गर्न लगाईन सक्छ। तपाईंले कुनै पनि औषधि लिनु अघि डाक्टर र नर्सले सम्भावित साइड इफेक्टहरूको बारेमा कुरा गर्नेछन्।

थप जानकारी

थप जानकारीका लागि क्षयरोग (TB) तथ्यपत्रहरू​ हेर्नुहोस्। 

तपाईंको भाषामा नि:शुल्क मद्दतको लागि, अनुवादन तथा दोभाषे सेवालाई 13 14 50 मा फोन गर्नुहोस्।

Current as at: Tuesday 22 September 2026
Contact page owner: Communicable Diseases