क्षयरोग (TB) क्षयरोग कीटाणुहरूका कारणले हुने संक्रमण हो। यो संक्रमण हावाबाट फैलिन्छ।
तपाईंको शरीरमा TB का कीटाणुहरू भएतापनी आफूले बिरामी महसुस नगर्ने सम्भावना रहन्छ। यसलाई TB संक्रमण, अव्यक्त TB संक्रमण, वा ‘सुतेको‘ TBभनिन्छ। यो अव्यक्त TB तपाईंबाट अरु व्यक्तीमा सर्दैन।
यदि तपाईंलाई TB संक्रमण छ भने, तपाईंले जाँच गराउने कुनै पनि डाक्टरलाई भन्नुपर्छ। तिनीहरूले यो जानकारी गोप्य राख्नेछन्। यसबारे तपाईंले अरू कसैलाई बताउन आवश्यक छैन।
TB संक्रमण TB रोग भन्दा फरक छ। TB रोग तब हुन्छ जब TB का कीटाणुहरू सक्रिय हुन्छ्न् वा संख्यामा वृद्धि हुन्छन् र तपाईंलाई बिरामी बनाउँछन्। यदि त्यस्तो हुन्छ र TB तपाईंको फोक्सोमा छ भने, कीटाणुहरू अन्य व्यक्तिहरूमा सर्न सक्छ्न्। TB का लक्षणहरूमा खोकी, ज्वरो, रातमा पसिना आउनु र छिटो तौल घट्नु पर्दछ्न्।
तपाईंलाई TB को संक्रमण छ कि छैन भनेर पत्ता लगाउन तपाईंको डाक्टर वा नर्सले तपाईंलाई परीक्षण गराउन अनुरोध गर्न सक्छन्। उनीहरूले अनुरोध गर्न सक्ने दुई प्रकारका परिक्षण छन्:
तपाईंको प्रतिरक्षा प्रणालीले TB का कीटाणुहरूसँग लड्न प्रयास गर्नेछ। यसले तपाईंलाई TB रोग लाग्नबाट रोक्न सक्छ।
TB संक्रमण भएका १० मध्ये १ जनामा TB रोगको विकास हुन्छ। यो केहि महिना भित्र हुन सक्छ, तर यो तपाईं पहिलो पटक क्षयरोग कीटाणुहरूबाट संक्रमित भएको धेरै वर्ष पछि हुन सक्छ।
तपाईको TB संक्रमण विकसित भएर TB रोगमा परिणत हुने जोखिम बढी हुन्छ यदि तपाईं:
यदि तपाईं चिन्तित हुनुहुन्छ भने, तपाईंले आफ्नो डाक्टरसँग TB रोगको विकासको जोखिमबारे छलफल गर्नुपर्छ।
तपाईंको डाक्टरले TB रोग रोक्नको लागि विशेष एन्टिबायोटिक्स, वा नियमित छातीको एक्स - रे निगरानी लिन सिफारिस गर्नसक्छन् ताकि TB रोगको कुनै पनि लक्षणहरू चाँडै पत्ता लगाउन मद्दत गर्न सकियोस्।
TB बारेमा थप जानकारीका लागि, health.nsw.gov.au/tb हेर्नुहोस्।
तपाईंको भाषामा निःशुल्क मद्दतको लागि, अनुवाद र दोभाषे सेवा (TIS) लाई13 14 50 मा फोन गर्नुहोस्।